Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोभिड संक्रमणीतराष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोनाभाइरस कोभिड ,१९० संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज हुनुभएको छ । अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज हुनुभएको हो ।

उहाँको उपचारमा संलग्न डा. निरज बमका अनुसार स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, स्वास्थ्यमा क्रमिक सुधार भएपछि आज हामीले उहाँलाई डिस्चार्ज गरेका छौँ, अब उहाँ शितल निवासमा नै गएर आराम गर्नुहुन्छु ।

गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुग्नुभएको थियो । परिक्षणको क्रममा उहाँलाई कोभिड १९ पुष्टि भएको थियो।

हाल उनमा ज्वरो खोकी लगायतका समस्या कम भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ। चिकित्सकहरूले अब शितल निवासमा नै गएर राष्ट्रपतिको थप स्वास्थ्य अवस्था बुझ्ने छन्।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल