Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डेंगुबाट गायिका सुष्मिता राईकाे निधन

खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका(५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुनका लागि प्रार्थना गरिदिन आग्रह गरेको केही घन्टापछि सुष्मिताको निधन भएको हो ।

जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् । छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल गायिका राईले राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन् । सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिइन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसइई उत्तीर्णपछि काठमाडौं पुगेकी थिइन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल