Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१३ मंसिर, काठमाडौं । पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ । उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ ।
गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।
उसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, वार्ता प्रक्रियामा अवरोध नहोस् भनेर हामी लगातार संयम भयौं तर सेना र गुप्तचरबाट हामीमाथि आक्रमण रोकिएन । त्यसैले अब हामी पनि जवाफी आक्रमण सुरु गर्नेछौं ।
तहरीक–ए–तालिबान पाकिस्तान टीटीपी सन् २००७ मा स्थापना भएको थियो । त्यसयता उसले गरेका आक्रमणबाट सयौं नागरिकको ज्यान गइसकेको छ ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल