Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाएका छन् ।
महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नसकेको ओलीले आरोप लगाए । लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवाले कुरा उठाउन नसकेको आरोप लगाए ।
लिपुलेक लिम्पियाधुरा र कालापानीको सवालमा कुरा गर्न सक्नु भएन उनले भने प्रधानमन्त्री देउवा भारत भ्रमणमा म्याउँम्याउँ गर्नुभयो ।
गठबन्धन तत्काल टुट्ने अवस्था नरहेकोसमेत ओलीको बुझाइ थियो । यो गठबन्धन आफैं बनेको होइन अरु कसैले टाउको जोडिदिएको हो अध्यक्ष ओलीले भने उनीहरु आफैं जुटेका पनि होइन आफैं फुट्दैनन् ।
गठबन्धनको फूर्ति मंसिर ४ सम्म मात्र रहेको ओलीले टिप्पणी गरे । माथिका नेता गठबन्धनमा मस्त रहेको भन्दै ओलीले बताए ।
गठबन्धनका पूर्वमन्त्रीसहितका नेताहरूलाई एमालेमा स्वागत गर्न कंचनपुर पुगेका ओलि आजै काठमाडौं फर्किनेछन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल