Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई पुनः सांसद बनाउने आश्वासन दिएका छन् । अध्यक्ष ओलीले पूर्वमाओवादी खेमाका नेताहरुलाई सकेसम्म प्रदेश वा प्रतिनिधि सभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने र त्यहाँबाट पुरा हुने स्थिति नदेखिएमा समानुपातिक वा राष्ट्रिय सभाबाट भएपनि दोहो¥याएर सांसद बनाउने बचन दिएका हुन् ।
तत्कालीन नेकपा विभाजन हुँदा माओवादीबाट सांसद बनेका प्रतिनिधि सभातर्फबाट चार जनासहित सात प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमालेतर्फ लागेका थिए । ती प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भएपनि सांसद बनाउने ओलीले बचन दिएका हुन् । हाल माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको छ ।
चुनाव नजिकिएसँगै पूर्वमाओवादीतर्फका एमाले नेताहरुले टिकट पाउन लविङ गर्न थालेपछि ओलीले यस्तो आश्वासन दिएका हुन् । ती सबै नेताहरुलाई कुनै न कुनै विधिबाट दोहो¥याएर भएपनि सांसद बनाउने ओलीले आश्वासन दिएको एक पूर्वमाओवादी नेताले बताए । हामी माओवादीबाट एमालेतिर लागेको भर्खरै हो । एकाध नेता बाहेक अधिकाश नेताको जनमत छैन । एमालेकै जनमतमा भर पर्नुपर्ने छ । त्यस्तो हुँदा हामीले प्रत्यक्ष टिकट पाउने सम्भावना कम भयो ती नेताले भने, माओवादी हुँदा सांसद भएकालाई पुनःसांसद हुन कठिन भएको अवस्थामा केपी कमरेडले अन्य कुनै विधि खोजेर भएपनि दोहो¥याएर सांसद बनाउँछु भन्नु भयो । ओलीले माओवादीमा हुँदा सांसद भएकालाई पुनःसांसद बनाउने आवश्वासन दिएपछि असन्तुष्ट नेताहरु समेत खुसी भएका छन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल