Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संघीयता, गणतन्त्र, समावेशी राज्यको परिकल्पनामा आधारित लोकतन्त्रकै धज्जी उडाउने काम जान्नेलाई छान्नेहरूको उर्भौलो चरित्रले गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको तानाशाही चरित्रबाट पीडित नभएको कुनै क्षेत्र थिएन । उनले भोटेकोशी पीडितको उद्धार र राहत वितरणमा समेत अपराध गरेका हुन् । सरकारका कमी कमजोरीको टिका टिप्पणी गर्न नपाइने, बेथिति र विसंगति औंल्याउनै नपाइने निरंकुशता लादेकै बेला रास्वपाभित्र अल्गोरिदम शैलीका माननीयहरूको अराजकताको भण्डाफोर भएको छ ।
रवि पक्षका माननीय सागर ढकाल र श्रीराम न्यौपानेको हाइड्रोपावर क्षेत्रको खटाई प्रधानमन्त्री बालेन्द्र गुटले रुचाएनन् । नेपाली सेनाबाट शासकीय अग्राधिकार लिए पनि कतै पनि सफलता पाउन नसकेको बालेन्द्र पथले स्थानीय तह गैर दलीय प्रदेश तह गैर दलीय, राष्ट्रियसभा गैर दलीय बनाउने प्रयास गरेको छ । तर यो समूहको अराजकताले घण्टीमा मत दिने जनता आफ्नो हातमा थुक्न बाध्य छन् । बाढी पीडितको राहत र भौतिक पूर्वाधारको व्यवस्थापनमा चुकेको सरकारले जनतालाई ग्यासको कृतिम अभाव सिर्जना गर्दा कै समयमा भोटेकोशीको वितण्डालाई पनि समयमा सम्बोधन गरेनन् । नेपाली सेना आफैं असफल र भ्रष्टाचारले थिलथिलो भएर आफ्नै परमाधिपतिको संरक्षण गर्न नसक्ने गरी २०५८ सालमै नालयाक सिद्ध भएको संस्था हो । त्यही शक्तिले चलाएको बालेन्द्र सरकारले गरिब, बेसहारा, घरवार विहीनको उद्धार गर्दैन भनेर आलोचना गर्नेहरू पनि छन् । तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सक्रियता उद्धार क्षेत्रमा सराहनीय देखियो । सुकुम्बासीलाई खेदाउन वैशाख १२ गतेको डोजर आतंक प्रत्येक जनताको दिमागमा छ । यो समूहको चरित्र नै भत्काउने, विध्वंश मच्चाएर चम्केको हो । ७० प्रतिशत माननीय कतै न कतै अपराधमा जोडिएका छन् । आफ्नालाई जोगाएर विपक्षीमाथि दमन गर्ने ओली संस्कृतिको शिक्षाबाट अनुशीलन चरित्रहरू त्यहाँ धेरै छन् । काँग्रेस, एमाले, माओवादीबाट ठूलो भाग खान रास्वपा प्रवेश गरेका अवसरवादीहरूलाई भने ठिकै भएको छ । बालेन्द्र प्रवृत्तिलाई कालो बजार, महंगी, अभावको चासो छैन । रास्वपाका सभापति रवि लामिछाने आफैंले लोकतन्त्र, गणतन्त्र, संघीयताको पक्ष लिँदा रास्वपाले दिएको वरिष्ठ नेता, संसदीय दलको नेता प्रम पदका लागि सिंहदरबार पोल्ने धम्की दिने बालेन्द्रको निरंकुश चरित्र उदांगै छ । सरकारले प्रहार नगरेको क्षेत्र छैन । पेशा र व्यवसायलाई स्थायित्व नदिने यो समूह माकुराको जालोझैं छियाछिया हुनेछ । बालेन्द्र शाह, स्वर्णिम वाग्ले, गनेश पौडेल, डा. विक्रम तिमिल्सिना, सुनिल लम्साल, सस्मित पोखरेल जस्ताको भोलिको राजनीति के होला ? सत्तामा हुँदा यी अनुहारको फूर्तिले जनता आफ्नै हातलाई थुक्दैछन् । स्थानीय तहमा यो समूहको अपराध पर्दाफास हुने डरले स्वरोजगारमूलक पत्रपत्रिका बन्द गराउने योजना बनाएको छ । अदालतले सरकारका निर्णय रोकेपछि ऐन संशोधन गरेको छ । तर संसदमा यो टोली पर्दाफास हुँदैछ ।
शुरुमै चुक्यो सरकार
सरकार कता कता चुक्यो, कता हरायो भन्दा पनि यो सरकारले शुरुमै गल्ती ग¥यो । ऊर्जा कम्पनीहरूलाई शुरुमै परिचालन गरेको भए नतिजा त्यही बेला देखिन्थ्यो । सरकारले हात उठाएको दिनसम्म १२५९ जनाको मृत्यु, ५ हजार ८३ जना बेपत्ता, १३ जहारको उद्धार गरिएको अवस्था थियो । विपक्षीहरूलाई बाइपास गर्दा खराने समूहको हैसियत एक सातामै देखियो । जहाँ राहत जरुरी छ, त्यहाँ सरकारी कब्जाको हेलिकोप्टर पुगेनन् । तर त्रिशुली वारी र बेत्रावती पारी राहतको राश जनताले देख्यो तर जनता भोकै छ भन्दा बालेन्द्रका साइबर स्यालहरूले पख तँ भन्न पनि छाडेनन् । विश्वमा नभएको लोकतन्त्र नेपालमा छ । जहाँ संघीय सरकार नै डन र अल्गोरिदमबाट प्रभावित थियो र छ । प्रमको संसदको भाषण पनि एआईद्वारा लिखित भएको सबैले बुझे, बालेन्द्र समूह जस्तो जान्ने घर घरमै जन्मेका छन् । नाटक मञ्चन गर्न पर्दैन । रास्वपा कुनै राजनीति निष्ठा, त्याग र समर्पणबाट जन्मेको जमात थिएन । रवि लामिछानेले भिœयाएको त्यो अराजक जत्थामा हिजो नेपाल टेलिकमलाई भष्म बनाउने टिमका कुमार बेनको सहभागिता, अशिम शाह जस्ताको नियन्त्रण आफैंमा उदेक लाग्दो हो ।
पत्रकारिता बुझेकाबाट पत्रिकामाथि कसरी पीडा दिइन्छ त्यसको नमूना गोकुल बास्कोटा थिए र आज छापा मिडिया नबुझेका विक्रम तिमिल्सिना जस्ता कंश थपिएका छन् । तिमिल्सिनाले गरेको अपराध नेपाली प्रेसले विर्सदैन । किनकि उनले विश्वमै नभएको कर्म गरेका छन् । बालेन्द्र प्रवृत्ति यसको रक्षक जनताले घण्टीलाई दिएको मत फिर्ता लिएको छ । यो प्रवृत्तिको हाउभाउ ०८४ सम्म हो ।
घरघरमा आक्रोश
सरकार बन्नासाथ यसले घर घरमा आतंक सिर्जना ग¥यो । करको दर बढाएर कालो बजार जगाएर, सीमाका भन्सारमा मधेशका जनतालाई तड्पाएर राजधानीमा मेलम्चीको पानी सूचना बिना बन्द गराएर, ग्यासको कृतिम अभाव गराएर सञ्चार क्षेत्रमा २०१५ सालदेखि पाउँदै आएको लोक कल्याणकारी विज्ञापन बन्द गराएर, शिक्षामा कर, स्वास्थ्यमा कर, मृत्यु हुँदा कर जस्ता कुकर्म गरेर घरघरमा आक्रोश थपेको छ । यसको प्रतिफल स्थानीय चुनावमा रास्वपाले पाउँछ ।
२०८३ भाद्र २५
ताजा नेपाल
२०८३ भाद्र २५
ताजा नेपाल
२०८३ भाद्र २५
ताजा नेपाल