Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भक्तपुरका तीन सय युवा एमालेमा प्रवेश

 प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सँघारमा भक्तपुरमा सयौँ युवाहरू एमालेमा प्रवेश गरेका छन् । जिल्लाको सूर्य विनायक र सिरुटारमा गरी करिब तीन सय युवाहरू एमाले प्रवेश गरेका हुन् ।

युवा, विद्यार्थी, सकृय राजनीतिज्ञहरु लगातार एमाले प्रवेश भएसँगै भक्तपुरमा एमालेका उम्मेदवार महेश बस्नेत दुई गुना बलियो हुँदै गएको बताईन्छ ।

​​​​​​​शनिबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सूर्य विनायकमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य (नेपाल लोकतान्त्रिक फोरम केन्द्रीय सदस्य) हाल काँग्रेसका क्रियाशील सदस्य प्रकाश ढकाल, सुनिल तज (नेपाल लोकतान्त्रिक फोरम जिल्ला सचिव तथा २०७० सालको संविधानसभाका उम्मेदवार), क्रिसन त्वाती स्वतन्त्र, डा. रुपेश गाईजु (बिपी काँग्रेसका जिल्ला सभापति), दिपक महत माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य, वैकुण्ठ महत, प्रदिप महत, नेत्रबहादुर कार्की लगायतको नेतृत्वमा १ सय ४७ जना युवाहरू विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । केही समय अघि काँग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका रामशरण देउजाको संयोजनमा एमाले प्रवेश गर्नेहरूमा गठबन्धनका दल नेपाली काँग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी, काँग्रेस बिपी, राप्रपालगायतका दलहरूका १४७ जना युवाहरू एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै सूर्य विनायक नगरपालिका वडा नं. १ सिरुटामा राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा करिब एक सय ५५ जना युवाहरू विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्व मन्त्री तथा एमाले क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, निर्मल भट्टराई, एमाले बागमती प्रदेश सदस्य राजेन्द्र राजथला, शशि जंग थापा, एमाले क्षेत्र नं. १ का उम्मेदवार नवराज गेलाल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष वासुदेव थापा, चाँगुनारायण नगरपालिका भक्तपुर क्षेत्र नं. १ ‘क’ क्षेत्रका उम्मेदवार मोहनवीर श्रेष्ठ, सूर्य विनायक ‘क’ उम्मेदवार किरण थापा, लगायतले नवप्रवेशीलाई टीका लगाई एमालेमा स्वागत गर्नुभएको थियो ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल