Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भक्तपुरमा बाढीकले वितण्डा मच्चायो

उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।
मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकुम्वासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बङ्गुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले सञ्चालन गरेका हुन् ।
दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोट बेसीबाट ४ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।
दिव्यश्वरी प्लानिङ स्थित अमर लामाको बङ्गुर फर्मबाट ५ सय हाँस, २ सय बङ्गुर र २ वटा गाईलाई सुरक्षित ठाउँमा सारिएको छ । भक्तपुरको मध्यपुर थिमी नगपालिका–१ स्थित खोला किनाराको सुकुम्वासी बस्तीका ६० वटा घर डुबानमा परेको छ । दिव्यश्वरी प्लानिङ स्थित पेमा तामाङको कुखुरा फर्ममा पनि बाढीले क्षति गरेको छ ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल