Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सञ्चारमन्त्रीले छापा माध्यममाथि लाद्न चाहेको संचार कार्यविधि भत्र्सना योग्य छ । छापा माध्यमलाई पत्रकारिता नठान्ने अल्गोरिदम वृत्तबाट आएका कपटीहरूले हिजो कुनै आन्दोलन गरेका थिएनन् । जो व्यवस्था परिवर्तनमा लाग्नेहरूले छापा समूहको योगदान बुझेका थिए । भ्रष्टाचार, कमिशन, माफिया करणमा चुर्लुम्म डुबेर देशघात गरेका कारण प्रचण्ड, देउवा र केपी ओलीहरूलाई जनताले लोप्पा दिएका थिए । गर्न सकिने र नियमनले हुने काम तीबाट पनि नहुँदा प्रेस जगत पीडित थियो । समानुपातिक विज्ञापन नीतिमात्र कार्यान्वयन भएको थियो भने अल्गोरिदम पक्षले लोककल्याणकारी विज्ञापनमा लादेको भत्र्सना लायक कार्यविधिको कल्पना गर्न सकिदैनथ्यो ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको पिएचडी डिग्री खाइपाइ आएको सेवा सुविधा कटाउने रहेछ । कुनै पनि देशको जीवित संस्था आफ्नो ऐन र नियममा चल्दा सरकारले व्यवस्था गरेको कानुनको परिधिमा रहन्छ । तीनले पनि सरकारका ऐन मान्नुपर्छ । कर्मचारीले पाउने र लिने सेवा सुविधाको हक लागू गर्दा ऐन कानुनलाई लत्याउन मिल्दैन । तर यस पटक बालेन गुटका सञ्चारमन्त्रीले कार्यविधि बनाएर सरकारकै सहयोगी प्रेस काउन्सिलले दिएको सल्लाह सुझाव लत्याए । उनको त्यो कदमको लागे पुगे खटन पटनमै रमाएको विज्ञापन बोर्डले समेत विज्ञापन छापे छाप नछापे नछाप भन्दै हेपाह चरित्रले पत्रपत्रिकामा म्यासेज पठाएर भन्र्सना योग्य प्रवृत्ति प्रदर्शन गरायो । मन्त्रीको तहबाट लोक कल्याणकारी विज्ञापन प्रकाशन बापत संघ, प्रदेश र स्थानीय तह भनेर गरिएको वर्गीकरण नीति विपरितको रकममा कैची चलाउन तम्सनु भत्र्सना योग्य कदम थियो । भलै पत्रकारहरू आन्दोलित भए । बढी बाठाहरू लोप्रिए । साप्ताहिकका पनि ठेकेदार र मालिक भक्तहरूले सडकमा आउन र बस्न हुँदैनथ्यो । किनकि तिनको लुगा बिग्रिन्थ्यो । सरकारले सूचना दिएन भन्ने हक तिनको पनि थियो । रास्वपा सभापति रवि लामिछानेका १२ भाई बैरी आज हराएका छन् । ठूला दैनिकले छापा पत्रकारिताका नाममा लिने सुविधा सप्ताहिकलाई दिँदैन । आन्दोलनमा साप्ताहिक खट्छन् तर सरकारले त्यही वर्गलाई हेप्छ । यस पटक सञ्चारमन्त्रीको भत्र्सना योग्य व्यवहार र चरित्रले स्थान पायो । पत्रकारहरू असारदेखिनै आन्दोलित थिए । यिनीहरूबाट भर्ति गरिएकाहरूलाई पत्रिकाले पाउने सुविधा कटौती गर्ने पिएचडी गरेका सञ्चारमन्त्री डा. तिमिल्सिनाले सहि प्रशिक्षण दिऊन् । यिनका कमी कमजोरी जसरी प्रदर्शन भए त्यसले कानुनी चरित्र मात्र सुधार गरे पुग्छ । अल्गोरिदम उम्लेर काम छैन ।
२०८३ आश्विन १३
ताजा नेपाल
२०८३ आश्विन १३
ताजा नेपाल
२०८३ आश्विन १३
ताजा नेपाल