Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मतगणना सुरु नगरिए सडक संघर्ष गर्छौ : कुसियैत

सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ बाट उमेदवार रहेका नेकपा एमालेका नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना रोकिएको लामो समय बित्दा पनि अनिर्णयको बन्दी भएको भन्दै तत्काल गणना सुरु गर्न माग गरे ।
उमेदवार कुसियैतले तत्काल कुनै निर्णय नभए सडक संघर्ष सुरु गर्ने बताएका छन् । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनको भनाइ छ ।
कुसियतले भने,आज ३ः३० भित्रमा कुनै निर्णय भएन,मतगणना सुरु भएन भने हामी सडक मैदानमा हुनेछौँ । हामी सडक संघर्ष पनि गर्नेछौँ । वार्ता पनि गर्छौँ । उनी पत्रकार सम्मेलनमा आक्रोशित रूपमा प्रस्तुत भएका थिए ।
कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनले बताए ।
यहाँ मतगणनाका क्रममा धाँधली भएको भन्दै उमेदवार कार्कीले पुनः गणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगबाट कुनै निर्णय नआएको भन्दै मतगणना अनिश्चित बनेको छ । शनिबार अपराह्न करिब ४ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुनसकेको छैन ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल