Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युक्रेनको राजधानीमा रूसले हान्यो क्षेप्यास्त्र, अन्य सहरमा पनि विस्फोट

रूसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयता महिनौँपछि पहिलोपटक आक्रमण गरेको छ । रूसले किभ र अन्य सहरहरुमा तीव्र आक्रमण गरेको र धेरै विष्फोट भएका खबरहरु आइरहेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

युक्रेनका कमान्डर इन चिफ भ्यालेरी जालुज्नीले रूसले युक्रेनमा हालसम्म ७५ वटा क्षेप्यास्त्र प्रहार गरेको र आक्रमण जारी रहेको बताए स्थानीय समयअनुसार बेलुका ०८ः०० बजे कीभको मध्य भागमा कम्तीमा दुईवटा विस्फोटको आवाज सुनिएको थियो ।

रूस,युक्रेन युद्धबीच धेरै महिनामा किभमा पहिलोपटक हमला भएको हो ।

विष्फोटहरू अघिल्लो रूसी आक्रमणको तुलनामा धेरै राजधानीको केन्द्रविन्दु भएको देखिएको समाचारमा जनाइएको छ । रूसले कब्जा गरेको क्रिमियासँग जोड्ने एकमात्र पुलमा विस्फोट भएर क्षतिग्रस्त भएको दुई दिनपछि रूसले किभमा आक्रमण गरेको हो ।

यस्तै, रूसले लभिभ, डिनिप्रो र जापोरिज्जियालगायत युक्रेनका अन्य सहरमा मिसाइल प्रहार गरी आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएका छन् ।

युक्रेनी अधिकारीहरूले जापोरिज्जियामा रातभर भएको मिसाइल आक्रमणमा परि धेरै युुक्रेनीहरु घाइते भएको बताएका समाचारमा उल्लेख छ । तर, युक्रेनका रक्षामन्त्रीले रूसी आक्रमणले युक्रेनीहरूलाई युद्धबाट रोक्न नसक्ने बताएका छन् ।

यता रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियाको पुलमा भएको विस्फोटबारे छलफल गर्न आज सुरक्षा परिषद्को बैठक बोलाएका छन् । उनले बैठकको अध्यक्षता गर्दै छन् ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल