Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं — भारत सरकारले लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्राबारे नेपालले उठाएको सीमासम्बन्धी दाबी अस्वीकार गरेको छ।
भारतको विदेश मन्त्रालय का प्रवक्ता रणधीर जैसवाल ले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा नेपालको दाबीलाई ‘अनुचित’ र ‘ऐतिहासिक आधारहीन’ बताएका छन्।
नेपालले आइतबार सार्वजनिक गरेको प्रतिक्रियापछि भारतले आफ्नो धारणा स्पष्ट पार्दै लिपुलेकबारे आफ्नो अडान स्थिर रहेको जनाएको हो।

विज्ञप्तिअनुसार लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो। दशकौँदेखि निरन्तर रूपमा प्रयोग भइरहेको यो मार्ग कुनै नयाँ विषय नभएको भारतको भनाइ छ।
नेपालले जारी गरेको चुच्चे नक्सा तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमाथिको दाबीलाई भारतले ‘एकतर्फी’ र ‘कृत्रिम विस्तार’को संज्ञा दिएको छ। यी क्षेत्रमा नेपालको दाबी ऐतिहासिक प्रमाणले पुष्टि गर्न नसकिने भन्दै भारतले अस्वीकार गरेको छ।
यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै सीमा विवाद समाधानका लागि संवादको ढोका खुला रहेको जनाएको छ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल