Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्व चर्चित प्रस्तोता बेयर ग्रिल्स नेपालमा, उनले सगरमाथा क्षेत्रको भ्रमण गर्ने

विश्व चर्चित बेलायती एड्भेन्चरर तथा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स हाल नेपाल भ्रमणमा छन् । निकै चर्चित कार्यक्रम म्यान भर्सेस वाइल्ड’ मार्फत् विश्वभरी पहिचान बनाउने बेयर ग्रिल्सले सगरमाथा क्षेत्रको भ्रमण गर्ने नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
पर्यटन बोर्डले ग्रिल्सलाई नेपालमा स्वागत गर्दै उनको भ्रमण सफल होस् भन्दै शुभकामनासमेत दिएको छ ।

यस्तै ग्रिल्सले पनि आफ्नो
ट्वीटर अकाउन्टमा एउटा भिडियो पोस्ट गर्दै एभरेष्ट खुम्बु क्षेत्रमा परिवार र साथीभाइसँग आइपुगेकोमा आफू निकै उत्साहित भएको बताएका छन् ।

उनले सगरमाथा र आमा डब्लमको सम्झना सधैँ आफूसँग शक्तिशाली रुपमा रहनेसमेत बताएका छन् ।

उनको ट्वीटमा थुप्रैले कमेन्ट गरी नेपालमा स्वागत गरेका छन् । साथै यात्रा सुखद रहोस् भनेर कामनासमेत गरिरहेका छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल