Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले ४० जना पक्राउ गरेको छ ।
नेपाल र युएईबीच भइरहेको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बेटिङमा संलग्न रहेको आशंकामा ४० जनाभन्दा बढीलाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएकाे छ ।
कीर्तिपुर प्रहरी वृत्तमा राखेर स्क्रिनिङको काम भइरहेको सीआईबी स्रोतले बतायो। नियन्त्रणमा लिएका सबै जना संलग्न नहुन सक्छन् । त्यही छुट्याउने काम भइरहेको छ सीआईबीका एक उच्च अधिकारीले भने । पक्राउ परेकाहरुबाट माेबाइल र रकम बरामद गरेकाे छ ।
२०८३ असार ४
ताजा नेपाल
२०८३ असार ४
ताजा नेपाल
२०८३ असार ४
ताजा नेपाल