Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीप भन्छन, सबै निराधार हो आरोपहरूको सामना गर्न तयार छु

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् । उनले आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय बताए ।

उनले ट्वीट गरेका छन्म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।

अदालतको अनुमतिमा नेपाल प्रहरीले उनीविरूद्ध बिहीबारनै पक्राउ पुर्जी जारी गरिसकेको छ। पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ क्यान ले उनलाई निलम्बन गरेको छ। लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल