Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हार्ने डरले आरजु देउवा पनि समानुपातिकमा

काठमाडौं ।पुस्कर अ‍ोझा जस्ता त्यागी नेतालाइ बाइपास गरेर सत्ताको आडमा कैलाली क्षेत्र न ५ कब्जा गर्ने आरजुको रणनिति फेल भएको छ नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई समानुपातिकबाट उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसको पुस्टि भएको छ
समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा जुटेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिएको छ ।
२०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् । क्षेत्र, जिल्ला र प्रदेशले पनि उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा उनले समानुपातिकमा बस्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकमा परेका छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल