Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको एकता बच्ने सम्भावना टर्यो

काठमाडौँ । एमालेको एकता कायम रहने सम्भवना लगभग टरेको छ । नेकपा एमालेको नेपाल–खनाल पक्षका नेताहरूले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इमानदार नरहेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा एकता भनेर लामो समय पर्खिनुको पनि अर्थ नहुने भनाइ वार्ता टोलीका सदस्यहरूको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल–खनाल पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा वार्ता टोलीका सदस्यहरूले वार्ताका विषयमा जानकारी गराएका थिए । बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई पार्टीको अवस्थाबारे जानकारी गराएका थिए । पार्टी एकताका लागि सक्रिय नेता सुरेन्द्र पाण्डेले एकताका निम्ति आफ्नातर्फबाट इमानदार पहल भइरहेको बताए । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अर्थात नेकपा माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको अवस्थामा फर्काउनु पर्ने अडान छोड्नु नहुने बताए । पाण्डेका अनुसार अध्यक्ष ओली वार्ताका लागि इमानदार देखिएका छैनन् र पार्टी एकतापूर्वको अवस्थामा फर्किन पनि तयार छैनन् । बैठकमा सहभागी एक नेताका अनुसार वार्ता टोलीका अन्य सदस्यहरूको भनाइ पनि पाण्डेकै जस्तो थियो । ओलीले वार्तालाई अलमल्याउने रणनीतिका रूपमा उपयोग गरेको र अपेक्षित उपलव्धि हुन नसकेको उनीहरूको भनाइ थियो । तैपनि उनीहरूले अझै प्रयास जारी राख्नुपर्ने धारणा प्रकट गरेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल