Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यतिबेला पनि माधव कमरेडलाई हुँदैन सहज

काठमाडौं । राजनीतिमा जालझेल र षड्यन्त्र सधैं टिक्थ्यो भने हिटलरको शासनमा कसले आँखा लगाउन सक्थ्यो ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नवौं महाधिवेशनको कमिटी ब्युँताउने भएका छन् । उनले यसअघि नै २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई फर्काउने शर्तसहितको प्रस्ताव माधव नेपाल खेमालाई राखिसकेका छन् ।

बिहिबारको सर्वोच्च अदालतको आदेशले नवौं महाधिवेशनको कमिटी बाहेकको पछिल्लो महाधिवेशन आयोजक कमिर्टीको निर्णय नै अमान्य हुने भनिदिएपछि ओलीका लागि पुरानै कमिटीमा फर्कनुपर्ने वाध्यकारी परिस्थिति पनि बनिसकेको छ । ओलीले पनि पुरानो कमिटी ब्युँताएर माधवकुमार नेपाल पक्षको आधा आधी नेताहरु आफ्नो पक्षमा पार्ने रणनीति बनाएका छन् । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतका नेताहरु नवौं महाधिवेशनको कमिटी ब्युँतिएको अवस्थामा पार्टी फुटाउने पक्षमा नजाने निश्चित छ ।

त्यसपछि माधव नेपाल अप्ठ्यारोमा पर्न सक्छन् । नवौं महाधिवेशनको केन्द्रीय कमिर्टी ब्युँताउदा पनि ओली पदाधिकारीसहित बहुमतमा पुग्ने सम्भावना रहन्छ । उनले कतिपय पदाधिकारी आफ्नो पक्षमा पारिसकेका छन् । माधव नेपालसहित उनी पक्षीय आधा नेताहरु नफर्किएमा झन् उनी स्पष्ट बहुमतमा रहनेछन् । ओलीले विघटित प्रतिनिधिसभामा माधव नेपाल खेमाका कम्तिमा १३ जना तान्न खोजेका छन् । त्यसतर्फ उनी सफल पनि हुनेतर्फ बढेका छन् । उनीहरुलाई तान्न सकेमा शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने १४६ को संख्या घटेर १३३ मा आइपुग्छ । जुन प्रतिनिधि सभाको बहुमत रहनेछैन । ओलीले तत्काल देउवाको पक्षमा रहेको रिटमै १३३ भन्दा कम देखिने गरी रणनीति बढाइरहेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल