Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धरौटी राखेर वीरजंग छुटे

चितवन । ओली सरकारले माओवादी अध्यक्ष प्रचण्डलाई पिडा दिने अभियान अन्तर्गत नेकपाको चन्द पक्षलाई विश्वासमा लिए पनि सरकारी व्यवहार भने विश्वास योग्य छैन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लबका दाजु चन्द्रबहादुर चन्द वीरजंग जिल्ला कारागार चितवनबाट रिहा भएका छन् तर उनी धरौतीमा रिहा भएका हुन् । सरकार र नेकपा चन्द बिच भएको सम्ंझौता कार्यन्वयन भएको मान्ने हो भने चन्द्र बहादुर चन्दले रु २५ हजार धरौटी राख्नु पर्ने थिएन । जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई शुक्रबार नै जिल्ला अदालत नवलपरासी समक्ष बुझाइएको छ । हाम्रा साथीहरुले उहाँलाई नवलपरासीको अदालतमा छाडेर आउनुभयो जेलर काफ्लेले भनेका छन् । पहिला २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्न नमानेका वीरजंग अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख जेलर काफ्लेले बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई २०७७ असोज २८ गते चितवन कारागारमा ल्याइएको थियो । अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो । जेलर काफ्लेका अनुसार वीरजंगलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको थियो । बम विस्फोटको मुद्दामा कारागार चलान भएका वीरजंग सामान्य अन्य कैदीसरह नै बसेको र सामान्य व्यवहार गरेको जेलर काफ्लेले बताए ।

उहाँले जाने बेलामा धन्यवाद नै दिएर जानुभयो बीचमा विप्लव पनि भेट्न आउनुभएको थियो जेलर काफ्लेले भने हामीले सामान्य ढंगले नै नियमअनुसार राखेका थियौं । सरकार र नेकपा विप्लव समूहबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु छुट्ने क्रम जारी छ । यसअघि वीरजंगलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल