Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल–खनाल समूहको स्थायी कमिटी बस्दै, नेताहरु एकताकै पक्षमा

काठमाडौँ । एमालेबाट छुट्टिर जान पनि नसक्ने, निहुरिएर छिर्न पनि नसक्ने अवस्थामा रहेको एमालेको विद्रोही समूह वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहको आज आफू पक्षीय स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो १ बजे डाकिएको बैठकमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूबाट आएको सुझावमा छलफल गरेर आगामी रणनीति तय हुने नेपाल(खनाल पक्षका नेता डा।वेदुराम भुषालले जानकारी दिए । नेपाल–खनाल समूहका केन्द्रीय सदस्यले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट सम्भव भएसम्म निश्चित समय तोकेर पार्टी एकतालाई अघि बढाउन सुझाव दिएका थिए । निश्चित समयमा पनि पार्टी एक नभए वारपार गरेर अघि बढ्न उनीहरुले नेतृत्वलाई दबाब दिएका छन् । आजै नेता नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग पनि छलफल गर्दैछन् । उनले भर्चुअलमाध्यमबाट जिल्ला कमिटीका पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् । एमालेबाट निकालिएका नेपालसहितका केही पदाधिकारीहरु नयाँ पार्टी खोल्नु पर्ने बताइरहेका छन् । तर, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई संस्थापन पक्षसँग एकताका लागि वार्तामा रहेकाले सम्भव भएसम्म एकता गरेर अघि बढ्नु पर्नेमा छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल