Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्सेका सीईओले दिए राजीनामा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट मंगलबार राजीनामा दिएका छन् । उनले मंगलबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् । राजीनामा दिएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा तानिएका उनलाई अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको थियो । अर्थले लगातार स्पष्टीकरण सोधेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिंगमार्फत आईपीओ जारी गर्ने तयारी गरिरहेका बेला साउँदले आफ्नो श्रीमतिको नाममा सो सिमेन्ट कम्पनीको शेयर किनेका थिए । उनले गोल्डेन शेयरका रुपमा सो शेयर पाएको आरोप लागेको छ ।

नेप्सेका सीआईओ साउदसँगै धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले पनि गोल्डेन शेयर लिएको आरोप लागेको छ ।