Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलिउडका ऐश्वर्याहरु

मुम्बई । विश्वमा कसैको अनुहार कसैसँग ठ्याक्कै त मिल्दैन तर उस्तै भने हुन्छ । अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकी सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको फ्यान फलोइङ अत्याधिक छ । उनको चर्चा स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै हुने गरेको छ । जीन्यूजका अनुसार ऐश्वर्या जस्तै देखिने कैयौ सोसियल मिडिया सेन्सेसन पनि छन् । जसका तस्वीर भाइरल भइरहन्छन् । ऐश्वर्या जस्तै देखिने ५ मोडल र सोसियल मिडिया इन्फ्यून्सरका बारे जीन्यूजले लेखेको छ । ऐश्वर्यासँग मिल्ने अनुहारमा आमना इमरानको नाम हालै जोडिएको छ । आमना पाकिस्तानी महिला हुन् । उनी पेशाले मेडिकल व्यवसायी हुन् । सामाजिक सञ्जाल स्टार अमूज अमृताको तुलना पनि ऐश्वर्यासँग गरिएको छ । ऐश्वर्याको फिल्मी दृश्य रिक्रिएट गरेको उनको एक भिडियो निकै भाइरल भएको थियो । मराठी अभिनेत्री मानसी नाइकको तुलना पनि ऐश्वर्यासँग हुने गरेको छ । अभिनेता सलमान खानले फिल्ममा ल्याएका अभिनेत्री स्नेहा उल्लालको तुलना पनि ऐश्वर्यासँग हुने गरेको छ । उनलाई कतिपयले ऐश्वर्याको कपी नै भन्ने गरेका छन् । इरानी मोडल महलाघा जबेरीलाई पनि ऐश्वर्याको कपी मानिन्छ । महलाघाको खैरो आँखादेखि लिएर ओठसम्म ऐश्वर्यासँग मिल्ने गरेको छ । महलाघा भारत आइसकेकी छन् । उनी सन् २०१९ मा भारत आएकी थिइन् । उनले एक मन्दिर बाहिर फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।


सम्बन्धित समाचार