Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो छ माधव नेपालको नयाँ घरजमको तयारी

काठमाडौं । जब आफूलाई अप्ठ्यारो पर्छ तब बिरालो बन्ने र गर्जो टरेपछि सिंह बन्ने अध्यक्ष केपी शर्मा ओलीको शैलीले आजित भएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः नयाँ घरबारको बन्दोबस्त गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एउटै पार्टीमा नरहने निश्चितप्रायः भएको छ । दुई नेताबीच कुरा मिलाउन एकता पक्षधरहरु जतिसुकै लागेपनि ओली र नेपाल मिल्न तयार देखिएका छैनन् । बरु शक्तिसंघर्षमा कस्ले बाजी मार्ने हो भन्ने चासोको विषय बनेको छ । ओलीले एकताको ६ बुँदे प्रस्ताव राखेपनि कार्यान्वयनमा नेपालको आशंका छ । यो प्रस्तावबाट आफू पक्षधर केही प्रभावशाली नेताहरुलाई तान्न मार्ग प्रशस्त गरेको बुझाई नेपालको छ । ओलीनिकट नेता कर्ण थापाले माधव नेपाल र भीम रावलबाहेकका नेतासँग कुरा मिल्ने बताइसकेका छन् । यसबाट पनि ओली नेपाल र रावललाई समेटेर जाने पक्षमा देखिएका छैनन् । नेपालले ओलीले प्रधानमन्त्री पद त्यागेमात्र सहमति गर्ने सन्देश दिइरहेका छन् । उनी कुनै हालतमा सत्ताबाट ओलीको बर्हिगमन चाहन्छन् । तर, ओली त्यसका लागि तयार छैनन् । एकता पक्षधरले ओली र नेपाल दुवै अध्यक्ष रहने र सरकारको नेतृत्व ओलीले गर्ने पार्टी नेपालले चलाउने गरी कुरा मिलाउन खोजेका छन् । तर, नेपाल त्यसका लागि तयार छैनन् । विश्वस्त स्रोतका अनुसार नेपाल अब टसमस नहुनेमा पुगिसकेका छन् । उनी कुनै हालतमा ओलीलाई सत्ताबाट हटाउन केन्द्रित छन् । नेपाल निकट २३ सांसदको हस्ताक्षर फिर्ता गराउन मात्र ओलीले एकताको प्रस्ताव राखेको नेपाल खेमाको बुझाई रहेको छ । हस्ताक्षर फिर्ता गर्नेवित्तिकै ओलीको पक्षमा माहोल बन्ने र सत्तामा उनी नै रहेर झन् कडा बन्न सक्नेमा शतर्क छन् । चुनाव भइहालेमा पनि ओलीले आफ्ना मान्छेलाई मात्र टिकट दिएर नेपाल खेमाका नेताहरुलाई अवसरबाट वञ्चित पारिदिन सक्छन् भन्नेबारे समिक्षा समेत भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको अन्तिम किनारा नलागेसम्म नेपाल अर्को पार्टी खोल्ने या ओलीसँग कुरा मिलाउने विषयमा अगाडि नबढ्ने रणनीतिमा छन् । तर, फैसलाका आधारमा उनी अगाडि बढ्ने देखिएको छ । सम्भवतः नेपाल नयाँ दल खोलेर बढ्ने तयारीमा पुगिसकेका छन् । उनी प्रचण्डसँग मिलेर नयाँ कम्युनिस्ट शक्तिको निर्माण गरेर आगामी चुनावसम्म जान चाहिरहेका छन् । प्रचण्डसँग राजनीतिक लेनदेन गर्ने उनको तयारी देखिइरहेको छ । यसबाट पनि नेपाल आफ्नै बाटोमा धेरै अगाडि बढिसकेकाले सुर्य चिन्ह भनेर नबस्ने अवस्थामा पुगिसकेका छन् । उनले कलम चिन्हको पार्टीको पूर्वतयारी गरिसकेका छन् । नेपालले वृहत कम्युनिस्ट पार्टीको निर्माणमा सक्रियता बढाइसकेका छन् । विगतमा नेकपा जस्तै उही नाम या केही फरक नामसहित कम्युनिस्ट घटकका नेताहरुलाई समेत समेटेर जाने तयारी भइरहेको छ । एमालेको कम्तिमा ३० प्रतिशत शक्ति, माओवादी केन्द्रलगायत विभिन्न कम्युनिस्ट शक्ति समेटेर नयाँ दल निर्माणको टुंगो असारभित्रै लाग्ने बुझिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल