Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभिनेत्रीलाई यौनकर्मीको आरोप लागेपछि….

अभिनेत्री माहिका शर्माले आफुलाई यौनकर्मीको रुपमा हेरेको भन्दै चित्त दुखाएकी छन् । माहिकाका अनुसार उनले डेनीसँग काम गर्ने फैसला गरेपछि मानिसहरुले उनलाई यौनकर्मी सम्झिएर भेदभाव गर्न थालेको बताएकी छन् । बुधबार अन्तर्राष्ट्रिय यौनकर्मी दिवसका दिन उनले आफुलाई सही साबित गर्नुको साटो मैले एक यौनकर्मी कति दयनीय जिन्दगी बाँचिरहेकी होलिन् भन्ने सोचेँर उनीहरुको लागि सहयोग गर्ने योजना बनाएको बताएकी हुन् । यो कुरा माहिकाले आगामी फिल्म ‘द मोर्डन कल्चर’ मा एडल्ट फिल्म स्टार डेनी डीसँगै देखिने भएपछि बाहिर आएको थियो । माहिका पूर्व मिस टिन नर्थ ईस्ट माहिकाले रामायण, एफआईआर, तू मेरे आगल बगललगायत टिभी शोमा अभिनय गरिसकेकी छिन् । विभिन्न च्यारिटी र एनजीओको हिस्सा गरिसकेकी माहिकाले महिला र बालबालिकाको स्वास्थ तथा वेश्यावृत्ति समाप्त गर्ने उद्धेश्यले यौनकर्मीको पुनर्वासका लागि काम गरिरहेकी छिन् ।


सम्बन्धित समाचार