Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभिनेत्री स्वेतालाई पति शोक

अभिनेत्री स्वेता भट्टराईलाई पति शोक परेको छ । उनका श्रीमान मिलन सापकोटालाई कोरोना संक्रमण भएपछि उपचारको क्रममा मंगलवार चावहिलस्थित एक अस्पतालमा निधन भएको हो । परिवारका अनुसार अक्सिजन लेभल कम भएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको हो । काभ्रे, रोशी गाउँपालिका वडा नम्बर १० का सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । यो जोडीको एक छोरी छिन् । स्वेताले फिल्म ‘रिदम’, ‘ब्ल्याकमेल’, ‘प्रोड्यूसर’लगायतका फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् । दाम्पत्य जीवनमा बाँधिएपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन् ।


सम्बन्धित समाचार