Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीका गुप्तचर हिँडेपछि

काठमाण्डौ । जसको संरक्षक थियो त्यो पदवाट हिड्यो । उसका साहन बहानले टेक्ने र समाउने ठाउँ खोज्ने नै भए । कुराको चुरो तत्कालिन मुख्य सचिव शंकर दाश बैरागी हुन । जसलाई सरकारले मन्त्रीस्तरीय सेवा सुविधा दिएर सुरक्षा परिष्दमा थन्क्याएको छ । सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याललाई ल्याइएको छ । सरकारको प्रशासनिक काममा मुख्य सचिव सर्वेसर्वा हुन्छ । मुख्य सचिवले नै सरकारका सचिवहरूलाई गति दिन्छ हिडाउँछ दौडाउँछ । प्रधानमन्त्री कार्यालयले सघाएन भने मुख्य सचिव पंगु बन्छ मूख्य सचिवले सहयोग नगर्दा सरकारका निर्णय कार्यान्वयनमा जादैनन् । उपसचिवले चलाउने काममा प्रधानमन्त्री प्रचण्डले सहसचिव राखेर रमिता गरे । प्रचण्ड प्रम हुनासाथ माओवादी कर्मचारी नेता हरी रावलले पैसा खाएर रत्ननगर नपा चितवन खैरहनीमा जग्गा माफीया चुके समूहलाई सहयोग पुग्ने गरी जनताको जमीनबाट बाटो खोल्दा रु ३ करोड एकै लटमा झ्वाम पारेका नवराज ढुँगानालाई प्रधानमन्त्रीको सचिवालयमा २० पुसमा राखियो । यो काममा कर्मचारीको तहबाट सघाउने रावल थिए भने मुख्य सचिव शंकर बैरागी सहयोगी भए । बैरागी शुद्ध नेकपा एमाले थिए । चीनले एमाले विरोधी माओवादी नेतृत्वको सरकारलाई सघाउने अवस्था थिएन् ।
सरकार कठोरढंगले पशुपतिको जलहरी काण्ड, नक्कली भुटानी शरणार्थी छानविन, ललिता निवास छानविनमा उत्रियो । एमाले बनेर हजम गरेकाहरूको उठीवास लाग्यो । नवराजको ठाँउमा अर्जुन भण्डारीलाई ल्याइएको छ । केपी ओलीले ७ अर्वको ऋण २१ अर्वमा पुर्याएर जता फर्कियो त्यतै सम्वृद्धि र विकासको लहर ल्याएको समयमा सरकार फेरियो । तर मुख्य सचिव शंकर बैरागी नै राखियो । ओलीले नै राजस्वको नाममा लुट चम्काउने योजना बनाए । उनको समयमा जो त्यहाँ पुगे तीनले राजस्व छल्ने र आँफू कमाउनेहरूमाथि प्रहार गरेकै थिएनन् । नारायण सापकोटा, मदन दाहाल, झलकराम अधिकारीलाई काम गर्न दिईएन् । नवराजको राजस्व अनुसन्धानमा जाने मन त्यो बेलामै थियो जुनवेला काँग्रेस सरकारमा आएको मन्त्रिमण्डलले पूर्णता नपाएको समय थियो । प्रधानमन्त्री समक्ष भेटघाटमा आउने मान्छेका रिपोर्ट यीनले मुख्य सचिवलाई गर्थे मुख्य सचिवले केपी शर्मालाई जानकारी गराउँथे । वेला बखत केपी प्रधानमन्त्रीसँग झोक्किनुको कारण त्यही हो । अव प्रम कार्यालयमा केपी ओलीको गुप्तचर छैनन् । डा. बैकुण्ठ अर्यालले शंकरदाशको जस्तो चरित्र प्रदर्शन गर्ने विस्वास गर्न सकिँदैन् । सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धानलाई नेकपाको सरकारका अहंकारी महाराजले जसरी प्रयोग गरे उनले कमाए तर देश डुबेको छ । राजस्व नउठनुमा केपी ओलीको बेथिती र विकृति नै कारण हो ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल