Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको एजेन्डा सरकार ढाल्ने

काठमाडौं । नेकपा एमाले सत्ताको छटपटीमा छ । आफ्नै अध्यक्ष केपी शर्मा ओलीको राजशी चरित्रले वापमन्थी गठबन्धन मात्र होइन पार्टी नै टुक्रा टुक्रा बनाएको त्यो एमाले वामपन्थी भन्दा पूर्ण प्रतिगमनकारी राप्रपालाई दोस्ती जोडेर पनि अघाएको छैन । एमालेका अध्यक्षका कारण नै सिद्धान्त र नीति नभएको अमेरिकी साम्राज्यवादका टट्टु रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी खडा गरेर चितवनमा २ सिट, काठमाडौं ३, ललितपुरमा १ सांसद प्राप्त ग¥यो । उपचुनावमा तनहुँमा काँग्रेसले मत दिएर एकाएक डा. स्वर्णिम वाग्लेलाई सांसद बनाए । काँग्रेस अरुलाई भन्छ आफ्नै चरित्र सुधारेको छैन । अहिले काँग्रेसकै कारण सरकार असफल भएको छ । काँग्रेसकै मन्त्री नालालयक भएकाले प्रचण्ड सरकारलाई बदनाम बनाएको छ । यो सत्य नेकपा एमालेले बुझेर नै माओवादीलाई फकाउँदैछ ।

अहिले काँग्रेसका गगनहरूको फुर्को भनेको सरकारबाट माओवादीलाई खेद्ने हो । माओवादीकै एजेन्डा उसकै मुद्दामा रमाउने यी पापीहरूलाई वापमन्थीहरू एक हुँदाको समयमा आफू सडकमा आउन लाज थियो । एमालेको अहिले हालत त्यस्तै छ । जहाँ पनि जत्रो कार्यक्रममा पनि अध्यक्ष ओलीकै भाषण सुन्न कार्यकर्ता बाध्य छन् । समूहगत छलफल एकल एजेन्डा र एकल निर्णय एमालेको अहिलेको जबज हो । आफ्नालाई खेदेर राप्रपालाई च्यापेका केपीलाई पनि लोभ प्रमकै छ । उनले चाहेर त्यो आउँदैन ।

वापमन्थी सहकार्य आजको आवश्यकता हो । जसले सार्वभौम अखण्डता र कानुन सम्वत विधिको शासनको अपेक्षा गर्दछ । केपी ओलीको हुकुमले चलेको एमाले र काँग्रेसका गगन–शेखरको बेतुकको रटान एकै खालका बाँसुरी हुन् । यो देशमा ६० प्रतिशत जनताले वामपन्थीलाई नै मत दिन्छन् । काँग्रेस जति उफ्रिए पनि ३० प्रतिशत को मालिक हो । अल्पमतले बहुमतमाथि रजाई गर्ने संसदीय गणतन्त्र आजको होइन ।

दोस्रो पुस्ताको एकता प्रयास
माओवादी र एमालेका दोस्रो तहका नेताहरूले मिसन ०८४ विगतको मिशन ०७४ बनाउने मित्रभित्रै तयारी गर्दैछन् । प्रचण्डको एक वर्षे सत्ता कालमा यो पूरा हुन सक्छ । किनकि सरकारमा काँग्रेसलाई लिएर जनताको काम हुँदैन । काँग्रेसले गर्दैन जनताको काम भन्ने त देखियो । होइन भने अर्थमन्त्रीले आफैंले बोलेका कुरा किन कार्यान्वयन गरेनन् । परराष्ट्र, स्वास्थ्य, कानुन, आपूर्ति मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमै गर्ने कैफियतले सरकारलाई बदााम गरायो । यो सरकार काँग्रेसको कारण बदनाम भएको हो । माओवादी मन्त्रीहरू आफ्नो क्षेत्रमा सफल छन्, काँग्रेस असफल भएको छ ।

आफ्नालाई गल्ती सुधार्न नलगाउने अरुको पुच्छर निमोठ्ने गलत चरित्रका नायक डा. शेखर र गगन हुने भए । यिनको सेखी झार्दा काँग्रेस सप्रन्छ भने सेखी झार्नेकै लागि पनि वापमन्थी मोर्चा बन्नु जरुरी छ । सरकारलाई टिकाउनु र ढाल्नुको औचित्य छैन । वामपन्थी एकता हुन्छ भने एमालेले प्रम पुष्पकमल दाहालको कामको प्रकृति जनताको माग अनुसारका योजना सफल बनाउने अवसर दिएर सरकारमा सभागी भए हुन्छ । काँग्रेसले लिएका र आफूले पाएका कार्यक्षेत्रको सौन्दर्य टल्काउन पनि वामपन्थीहरूका बीचमा सहकार्य जरुरी छ । प्रजातन्त्रवादीका नाममा काँग्रेसलाई बोकेर समाजवादको लक्ष्यमा पुग्न सकिँदैन । काँग्रेसी समाजवाद डा. आरजु, मञ्जु, बिना र ज्योत्सना म्याडमको लुट हो ।

एमाले र माओवादीमा श्रीमती आतंक छैन । काँग्रेसभित्र केन्द्रमै हस्तक्षेप गर्ने डा. आरजु नै हुन् । मञ्जु ज्वोत्सना र विना पछिल्ला पात्र हुन् । हिजोकी सुजाता थान्को लागिन् । बदनाम पात्र र प्रवृत्ति नियन्त्रण आजको आवश्यकता हो । वामपन्थी एकता सहकार्य समयको माग हो । त्यो माग पूरा गर्न देव गुरुङ, जनार्दन शर्मा, विष्णु पौडेल, पृग्वी सुब्बा, वर्षमान पुन, शंकर पोखरेलहरू लागेका छन् । पार्टीका महासचिव र उपाध्यक्षहरूको सक्रियता हिजो थिएन आजका दिनमा चर्कदैछ । हिजो केपी र प्रचण्डको एकल निर्णयले सबै लत्रेका थिए । आज दोस्रो चरणका पात्र र प्रवृत्ति अग्रसर छन् । समयले खोजेको, जनताले रोजेको काम हुन्छ ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल