Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करीना कपुरले १२ करोडको माग गरेपछि….

चर्चित नायिका करीना कपुर केही महिना अगाडी दोस्रो सन्तानकी आमा बनेकी थिइन् । दुई सन्तानको आमा भएपनि उनलाई फिल्मको अफर भने धेरै आउने गर्छन् । करीनाले अब हंसल मेहताको एक फिल्ममा काम गर्ने भएकी छिन् । यसको साथै उनले ‘वीरे दी वेडिंग २’को पनि योजना बनाइरहेकी छिन् । यसैक्रममा करीनालाई बहुप्रतिक्षित फिल्म ‘सीता’ को अफर आएको छ । करीनाले फिल्मको कथा र रोल मन परेपछि फिल्ममा काम गरे बापत पारिश्रमिक १२ करोड रुपैयाँ माग राखेकी छिन् । सामान्यतया उनले ६ देखि ८ करोड सम्म प्रति फिल्म लिने गर्थिन् । अभिनेत्रीको यो मागले फिल्मका निर्माता पनि आश्चर्यमा परेका छन् । यद्यपि करीनालाई आफ्नो पारिश्रामिक घटाउन अनुरोध गरिएको निर्माताले बताइरहेका छन् । निर्माताहरुले यदि उनी राजी नभएमा अन्य अभिनेत्रीहरु लिन सक्नेछन् । करीनाका नजिकका सुत्रको अनुसार सीतामा अभिनय गर्न ८ देखि १० महिना समय दिनु पर्छ । अन्य फिल्मको दुई महिनामा नै काम सकिन्छ । उनको अनुसार यो फिल्मलाई धेरै समय दिनुपर्ने हुनाले पारिश्रमिक मुल्य पनि धेरै माग गरेकी हुन् । करीनाले आफ्नो पारिश्रामिक मुल्य घटाउछिन् वा सीता बन्नेको अवसर अन्य कुनै अभिनेत्रीलाई प्राप्त हुन्छ त्यो भने समयले बताउला ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल