Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहिलेसम्म टिक्छ प्रचण्ड सरकार

काठमाडौं। धेरैको मनमा रहेको प्रश्‍न हो – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कहिलेसम्म टिक्छ रु यो प्रश्‍नलाई लिएर विपक्षी दलमात्र होइन, सत्ता गठबन्धनभित्रै पनि बहस हुन थालेको छ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पनि सरकारको आयुलाई लिएर बुधबार प्रश्‍न उठ्यो। केन्द्रीय सदस्य सीतादेवी देवकोटाले भ्रष्टाचार प्रकरणमा कडा ‘एक्सन’ चाले सरकारले निरन्तरता नपाउने हो कि भन्ने बहस भइरहेको बताइन्। ‘भ्रष्टाचारविरुद्ध अगाडि बढेको कारबाहीलाई लिएर बजारमा सरकारको नेतृत्व फेरिने हल्ला छ। कांग्रेस र माओवादीमध्ये एकलाई सिध्याउने खेल भइरहेको सुनिन्छ,’ उनले भनिन्।

देवकोटाले नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण र एमाले नेता टोपबहादुर रायमाझी तथा ललिता निवास प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ पक्राउ परेको विषय सरकारको आयुसँग जोडेकी हुन्। ८८ सिटसहित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस अहिले प्रचण्ड सरकारको बलियो जग हो।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल