Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसभित्र राष्ट्रपतिमा दमननाथको खोजी

काठमाडौं । राजनीतिक दलहरू तीन खम्बे सत्ता स्वार्थमा अग्रसर भइरहेका छन् । राष्ट्रपति, प्रधानमन्त्री र संसदको सभामुख पदलाई भागवण्डा गरेर सत्ता गठबन्धन निर्माण गर्ने अभियानमा ठूला दलहरू लागिरहेका छन् । यतिखेर राष्ट्रपतिका लागि काँग्रेसको एउटा पक्षले दमननाथ ढुंगानालाई अगाडि सारेको छ भने माओवादीले अमिक शेरनलाई अगाडि सार्दा नेकपा एकीकृत समाजवादीले झलनाथ खनाललाई न्याय दिनुपर्ने बताइरहेको छ । फागुन दोस्रो साता मुलुकले राष्ट्रपति र उपराष्ट्रपतिमा पनि नयाँ अनुहार पाउने छ । नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव आफ्नो सफल कार्यकाल पूरा गरेर गए । वर्तमान राष्ट्रपतिको कार्यकाल त्यति सुखद र त्यति निस्पक्ष रहेन । जेहोस्, दोस्रो कार्यकाल विताएकाले संविधानतः अव उनको फेरि चयन हुने अवसर पनि छैन । अब नयाँ राष्ट्रपति को हुने ? कस्तो व्यक्ति हुने ? यसमा सबैको ध्यान त गएको छ । तर एक उपयुक्त पात्र यही हुनसक्छ भनेर कसैले त्यस्तो व्यक्ति औंल्याइसकेका छैनन् । शायद प्रदेश संसद र संघीय संसदले अझै पूर्णता प्राप्त गरिनसकेकाले राष्ट्रपति र उपराष्ट्रपतिको खास चर्चा नभएको हुन सक्छ । राष्ट्रपतिमा आउने व्यक्ति सबै पक्षलाई ग्राह्य हुने, राष्ट्रपतिको गरिमामय पदलाई अझ माथि पु¥याउने, गणतान्त्रिक लोकतन्त्र प्रति प्रतिवद्ध, नेपालको लामो लोकतन्त्र र गणतन्त्रको संघर्षमा योगदान पु¥याएको, सबैले भर पर्न सकिने र विश्वास गर्न सकिने व्यक्ति हुनुपर्छ । यस दृष्टिकोणबाट हेर्दा पूर्व सभामुख—दमननाथ ढुंगाना एक उपयुक्त व्यक्तिको रूपमा काँग्रेसभित्र ल्याइएको छ ।
२०१७ साल पौष १ गते राजा महेन्द्रले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई अन्धकारमा धकेले । त्यसै बेलादेखि निरंकुश शासनको विरोधमा उभिएर विद्यार्थी कालदेखि नै लामो प्रजातान्त्रिक संघर्षमा होमिएका व्यक्ति हुन्—दमन नाथ ढुंगाना । निरंकुशताको विरोधमा धेरै पटक धेरै निर्णायक आन्दोलनहरू भए । ती सबै आन्दोलनमा दमन नाथ ढुंगाना संलग्न थिए । २०४६ को जन—आन्दोलनमा उनलाई सुरुकै दिनमा काठमाडौंमा पक्राउ गरियो र कसैलाई भेट्न नदिए कडाइका साथ रसुवा जेलमा राखियो । दमन नाथ एक वरिष्ट वकिल पनि हुन् । उनले शहीदहरू भीमनारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापाको मुद्दामा पनि सर्वोच्च अदालतमा वहस गरेका थिए । त्यस कालमा धेरैलाई सरकारले राजकाज र राज्य विप्लव सम्वन्धी मुद्दाहरू लगाउने गथ्र्यो । ती धेरै मुद्दामा उपत्यकामा मात्र होइन, जिल्ला—जिल्लामा गएर पनि दमनले वकालत गरेर, कतिलाई वेरितको झुट्टा आरोपबाट छुटकारा दिलाएका थिए ।
साहित्य लेखनमा पनि आफ्नो ठाउँ बनाएका दमन ढुंगानाको माओवादीको सशस्त्र विद्रोहलाई शान्ति प्रकृयामा ल्याउन र तत्कालीन राजा ज्ञानेन्द्रले विघटन गरेको संसदलाई पुनस्र्थापित गर्न तथा नेपालमा गणतन्त्रकोे स्थापना गर्न पनि महत्वपूर्ण भूमिका थियो । २०४८ मा स्थापित संसदको दमन नाथ ढुंगाना सभामुख थिए । त्यसवेला उनले उचित रूपमा विवाद रहित किसिमले संसदका कार्यहरू अघि बढाएका थिए । आज केही अप्ठ्यारोतिर जान थालेको देशमा परिस्थितिको हरेक वहलाई राम्ररी बुझ्ने दमन नाथ ढुंगानालाई राष्ट्रपतिको गरिमामय स्थान दिन सके देश आफ्नो हितमा अघि जाने विश्वास गर्न सकिन्छ ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल