Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काजीलाई खेद्दै जनार्दन र वर्षमान !

काठमाडौं । पार्टी माओवादी नै हो । नारायणकाजी श्रेष्ठ पनि पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । कार्यक्षमता, योगदान, वफादारिता जस्ता कुरा माओवादीमा पनि छैन । मोहन वैद्य, नेत्रविक्रम चन्द, डा. बाबुराम पुन, एक ठाउँमा आउनु र नआउनुको अर्थ छैन । यी आए आफैं मात्र हुन्, यिनका पछाडि न त जनता छन् न त हिजो यिनलाई नेता मानेका कार्यकर्ता छन् । माओवादी पनि गुटगत धरातलमा गयो । त्यहाँ वैद्य गुट, बाबुराम गुट, प्रचण्ड गुट थिए । वैद्य र बाबुराम हिँडे, नारायणकाजी गुटले सुशुप्तबाट शिर उठायो । अहिले जता पल्टे पनि जे भने पनि काजी गुटका एक्ला नारायणकाजी नै हुन् । व्यवहारमा के छ भन्न सकिन्न । विरोधीले काजीको पिछा पनि गरिहरेकै छन् । हिजो टिम भनिन्थ्यो । गिरिराजमणि शिक्षामन्त्री भएका बेला प्रमुख जिल्ला अधिकारी बन्न चाहनेले जिल्लाअनुसार रु १५, १० र ७ लाख बुझाउनु पथ्र्यो । यो सबै माओवादीका नेताको चरित्र हो । तर अहिले गृह तथा उपप्रम श्रेष्ठसँग जोडिएर फौजको सरुवा बढुवामा पैसा माग्यो भन्ने खबर आएको छैन । सरकारले कठोर देखाउन नसक्दा कुनै नियुक्ति वा प्रतिस्पर्धाका लागि खुलाइएका विज्ञापनभित्रै शुरुमै शंका हुन्छ । किनकि प्रधानमन्त्री प्रचण्ड उपप्रम नारायणकाजी श्रेष्ठ दुवैले प्रदेश तह गण्डकीको प्रतिनिधित्व गर्छन् । तर दुवैको दायित्व सरकारलाई सबल र सफल बनाउने हो । पार्टीका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठका बीचमा गुटगत लडाइँ छैन भने पनि गृहमन्त्री श्रेष्ठ विरुद्ध प्रचण्डका विश्वासपात्रहरू वर्षमान पुन र जनार्दन शर्मा लागेका छन् । यी दुवै अर्थमन्त्री भएर एक पटक सत्ता स्वाद लिएका नेता हुन् । जनार्दन गृहमन्त्री पनि भए पुन ऊर्जामन्त्री भएकै हुन् । जनयुद्ध लडेर आएका यी दुवै नेतालाई पार्टीमा धनार्जन शर्मा र अर्थमान पुन भन्ने गरिन्छ ।
काजीले गृहमन्त्रीको नाताले सुशासन र सम्बृद्धिको यात्रामा निष्ठापूर्वक लागेका छन् वा भित्री धेय विगतको जस्तो छ त्यो जनाताले पत्तो पाउँदैन । विरोधीले विरोध गर्नु नौलो होइन । तर जनार्दन शर्मा र वर्षमानको कनेक्सन अर्थसँग जोडिएका कर प्रणाली र राजश्वमा हुने गर्छ । काँग्रेसका डा. आरजु राणामाथि धक्का लाग्दासाथ उनीहरू चिन्तित हुन्छन् । आरजुको व्यापार बढाउन जनार्दनले चालेका कदम सबैले पत्तो पाएको विषय हो । रोल्पाका वर्षमान, रुकुम पूर्वका जनार्दनको बलमै कृष्णबहादुर महरा पाखा लागेका छन् । सुन तस्करीमा जनार्दन र वर्षमान पनि जोडिएका पात्र हुन् । तरपार्टीले महरापुत्रलाई जेल पठायो, महरा, पुन र शर्मालाई बचाएको दाबी अर्थतन्त्रका जानकारहरूको छ । यो सत्य अध्यक्षलाई पनि थाहा छ । गृहमन्त्री हो प्रहरी लगाएर एकरात खोर पु¥यायो भने पार्टीको इमेज र जनता ठग्ने बाटो बन्द हुने डरले शर्मा र पुन डा आरजुको सेवक भएका पो हुन् कि ? आफ्ना हनुमानद्वयको विगत र वर्तमान बुझेका प्रधानमन्त्री आफैं सत्ता असुरक्षाले आतंकित छन् । माओवादीका नाममा नारायणकाजीलाई साथ सहयोग गर्नु सट्टा उनलाई हटाएर छानविन हुँदै गरेका फाइल बन्द गराउन सके पुन र
शर्मालाई फाइदा छ ।