Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन कुन देशको अन्तर्राष्ट्रियस्तर उडान खुल्यो ?

काठमाडौँ । कोरोना संक्रमणको लहर चर्को गरी फैलिएपछि त्यसको चेन ब्रेक गर्न सरकारले लगाएको निषेधाज्ञा खुकुलो हुदै जाने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ । मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो । अब काठमाडौँ–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ–इस्तानबुलमा साताको २, काठमाडौँ–दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ–कुवेतमा साताको दुई, काठमाडौँ–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौँ–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरी सेवा खुला गरिएको छ । हाल सातामा एकरएक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौँ–दोहा सातामा ४ उडान हुनेछन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल