Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारी जग्गा ब्यक्तिका नाममा गर्नेहरु ललिता निवास प्रकरणपछि धमाधम अनुसन्धानको दायरामा आइरहेका छन् । यसैक्रममा बाँसबारी छालाजुत्ता कारखानाको महाप्रबन्धक हुँदा विनोद चौधरीलाई गैरकानुनी रुपमा १० रोपनी जग्गा दिने निर्णय गर्ने अजितनारायणसिंह थापा ८१ बर्षको उमेर पार गरी ८२ बर्ष लागे । थापाले २०४३ मा बाँसबारी छाला जुत्ता कारखानाको उक्त जग्गा चौधरीलाई दिंला ८२ बर्षको उमेरमा जेल जानुपर्ला, हातमा हत्कडी लाग्ला भनेर कल्पनासम्म पनि गरेका थिएनन् होला । तर पदको दुरुपयोग गरी सरकारी सम्पत्ति विनोद चौधरीलाई दिंदा उनी बृद्धावस्थामा जेलमा पुगेका छन् । आराम गर्नुपर्ने माघको महिनामा उनी सीआईबीको हिरासतमा छन् । पंचायतकालमा पटक–पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका नजिकैका भाइ पर्ने थापा कांग्रेसबाट एकपटक धनकुटाको सांसदका उम्मेदवार पनि भए । उनी विद्युत प्राधिकरणको कार्यकारी निर्देशक समेत भएका थिए । थापाले बाँसबारी छालाजुत्ताको नाममा रहेको उक्त मूल्यवान जग्गा तत्कालीन च्याम्पियन शू फ्याक्ट्रीको नाममा दिएका थिए । विनोद चौधरीले च्याम्पियन सूका नाममा उक्त जग्गा हत्याएका थिए । २०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१ औँ बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कूल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको समाचार उकालो डटकमले २०७९ कात्तिक ५ गते प्रकाशित गरेको थियो । यस्तो निर्णय गर्दा जग्गा बिक्रीबाट कारखानाले ब्यहोरिरहेको घाटा पूर्ति हुने दाबी गरिएको थियो । जग्गा बिक्री गर्दा कारखानाले पैसा नलिई च्याम्पियन फुटवेयर लिमिटेडको १५ सय कित्ता सेयर, प्रतिसेयर १ हजार रुपैयाँका दरले पाउने निर्णय गरिएको थियो । यसरी सेयर दिने भनेर सरकारी जग्गा हचुवामा चौधरीलाई दिइएको थियो । तर चौधीले जुत्ता उद्योग नै नचलाई अति नै भब्य चाँदबाग स्कुल बनाए । जुन स्कुल काठमाडौंका महंगामध्येको ३–४ वटामा पर्दछ । यसरी जुत्ता उद्योगका नाममा विनोद चौधरीलाई जग्गा दिने निर्णय गर्ने थापा ८२ बर्षमा पक्राउ परी थुनामा परेका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल