Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनको सीमामा भारतले थप्यो ५० हजार सेना

एजेन्सी । भारत र चीनको सीमा विवादले अझै दुई देबीचको सम्बन्ध सुधार हुन सकेको छन । यही बेला भारतले चीनको सीमानामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको ध्यान पाकिस्तानसँगको सीमामा रहँदै आएको थियो । भारत र पाकिस्तानबीच विवादित कश्मीरलाई लिएर तीनपटक युद्ध भइसकेको छ । तर, गत वर्ष चीनसँग भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले इस्लामावादसँगको तनाव कम गर्दै आफ्नो ध्यान बेइजिङलाई काउन्टर दिन केन्द्रित गरेको छ । पछिल्ला केही महिनामा भारतले आफ्ना सैनिक र लडाकु विमानलाई भारत–चीन सीमाका तीन महत्त्वपूर्ण क्षेत्रमा तैनाथ गरेको स्रोतको हवाला दिँदै लाइभमिन्ट डटकमले उल्लेख गरेको छ । भारतले अहिले चीनसँगको सीमामा कम्तीमा २ लाख सेना खटाएको छ । जुन पछिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा भारतीय सेना र प्रधानमन्त्री कार्यालयका प्रवक्तासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनीहरूले भने कुनै जवाफ नदिएको समाचारमा बताइएको छ । यसअघि सम्भावित चिनियाँ कदमलाई रोक्ने मात्र भारतीय सेनाको रणनीति हुन्थ्यो भने यसपटक सेना थप आक्रामक हुने बताइएको छ । यस रणनीतिलाई ‘अफेन्सिभ डिफेन्स’ भनिएको छ । जसमा सेनाहरूलाई एक ठाउँबाट अर्को ठाउँ लैजान थप हेलिकप्टर तैनाथ गर्ने, एम७७७ आर्टिलरी लगायत तैनाथ गर्ने लगायत छन् । चीनले हाल भारतसँगको सीमामा कति सेना तैनाथ गरेको छ भन्ने यकिन तथ्याङ्क छैन । तर, पछिल्लो पटक चीनले तिब्बतबाट सिन्जियाङ मिलिटरी कमान्डमा थप सैनिक पठाएको छ । विवादित हिमालय क्षेत्रमा पेट्रोलिङ गर्ने जिम्मा यस कमान्डको रहेको छ । त्यस्तै चीनले सो क्षेत्रमा युद्धविमान राख्न बमप्रुफ बंकर, नयाँ एयरफिल्ड लगायत निर्माणलाई तीव्रता दिएको छ भने पछिल्ला केही महिनामा लामो दुरीको आर्टिलरी, ट्यांक, रकेट रेजिमेन्ट र दुई इन्जिन भएको फाइटरहरु थप गरेको छ । यता भारतले चीनविरुद्ध आफ्ना क्वाड पार्टनर – अमेरिका, जापान र अस्ट्रेलियासँग सुरक्षा सहकार्यलाई पनि बढाएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल