Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनताको जीवनप्रति सरकार संवेदनहीन

काठमाडौं । १४औं गणतन्त्र दिवसको शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनआन्दोलनमा जीवन आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रले मुलुकलाई लाकेतानन्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न सधैं प्रेरणा दिने बताएका छन् । सभापति देउवाले अहिलेको सरकार देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलताको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपरेको आरोप लगाए । कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रकोे सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नु पर्दछ, उनले लेखेका छन्, देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलताको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राखन र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा आग्रह गर्छु । कोभिड– १९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बेलामा जनताको जीवनप्रति सरकार उदासिन र संवेदनहीन देखिएको उनको आरोप छ । यस्तो स्थितिमा संक्रमणबाट जोगिन र र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना सबै जनतालाई देउवाको आग्रह छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल