Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारका उद्योग चल्न नदिने निजी उद्योगहरूले समेत ट्रेड युनियनको मारमा पर्दा उद्योगको क्षमता अनुसार उत्पादन नहुने पीडाले देशमा रोजगारीको समस्या अभाव र महंगी बढेको हो । सरकार बरेरोजगार युवाहरूलाई सपनाका पुलिन्दा बाँडेर भोट बैङ्क बनाउँछ । विद्यार्थीको हुल उपयुक्त शिक्षाको अभावमा बढेको हुन्छ । शिपमुलक व्यवहारिक शिक्षाको कुरा गरेर सपना वितरण गरिएकै हो । प्राविधिक युक्त रोजगार मुलक शिक्षा दिलाउने शिक्षा नीति बन्दैन । भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताले वैज्ञानिक शिक्षा सर्वसुलभ रुपमा विद्यार्थीलाई दिनुपर्छ भन्ने चर्को भाषण काँग्रेस एमालेले गर्ने नै भए । नेकपा माओवादीले समेत पार्टीबाट ३ जना शिक्षामन्त्री बनाइँदा पुरानो शिक्षा नीति फेर्ने प्रयास गरेन । तिनले बरु शिक्षामन्त्रीहरूको कमाईको रुपमा निजी विद्यालय र कलेजलाई बनाए । निजी मेडिकल कलेजहरूसँग डाक्टर पढाउन मन्त्रीको कोटा माग्ने र कोटा पैसामा बेच्ने क्रान्तिकारी दिनानाथहरू धेरै थिए ।
आफैं देशका चलिरहेका उद्योग बन्द गर्ने काँग्रेसले रोजगारी बढाउन निजी क्षेत्रलाई कहिल्यै प्रोत्साहन दिएन । काँग्रेसकै गलत निर्णयले हिमाल सिमेन्टले वातावरण प्रदूषण गरायो भन्दै बन्द गरियो । हरिसिद्धि इँटा, टायल हरिकुमार श्रेष्ठ नामको व्यापारीलाई बेचियो । भृकुटी कागज कारखाना लिएको गोल्छा समूहले बुझाउनुपर्ने पैसा अझै पूरा बुझाएको छैन । बाँसबारी छालाजुत्ताको मेशिन भारतीय व्यापारीले लगे, त्यो जमिनमा मुटरोग अस्पताल छ । केही जमिन काँग्रेसका नेता विनोद चौधरीको कब्जाबाट माओवादीले सरकारलाई फिर्ता गरायो । बालमन्दिरको जग्गा भाडामा लगाएर पैसा हजम गर्ने लौह पुरुष स्व. गणेशमानकी पुत्री डा. रितासिंह वैद्यको पौरख सार्वजनिक भएकै छ । उनी त्यही छानविनले तडपिएर परलोक भइन् । भाइ प्रकाशमान शहरी विकासमन्त्ती बनेर त्यो फाइल दबाए । लुम्बिनी चिनी कारखाना, बुटवल धागो उद्योग, वीरगञ्ज चिनी कारखाना, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन, जनकपुर चुरोट, विराटनगर जुट मिल जस्ता उद्योगहरू बन्दा हुँदा कति बेरोजगारी बढे चासो सरकारमा पुगेका कम्युनिष्टले त लिएनन् काँग्रेसबाट के आशा गर्ने ? सरकारको स्वामित्वमा रहेको गोरखकाली टायर बन्द अवस्थामा छ । चलिरहेका हेटौंडा सिमेन्ट कारखाना, उदयपुर सिमेन्ट बन्द गर्ने उद्योग व्यवस्थापनमा यिनै काँग्रेस, एमालेका भष्मासुरहरू हुन् । यस्ता भ्रष्टहरूबाट रोजगारी बढ्दैन । रोजगार मुलक शिक्षा नीति लागू हुँदैन । दुई तिहाईको हुर्मत लिएर आफू देश लुट्ने भ्रष्टाचारमा डुबेकाहरूमाथि कारबाही गर्ने अख्तियारलाई मुठ्ठीमा लिएर नचाउने ओलीपथका लागि आज गुण्डाको सुरुक्षा जरुरी किन प¥यो ? जनता र राष्ट्रका लागि राम्रो गरेको भए बालुवाटार छाडेर ज्यान बचाउन सेनाको सहयोग जरुरी थिएन । विद्युत प्रयोग गरेर महशुल नतिर्ने उद्योगीको संरक्षक बन्ने ओली पथले देशमा रोजगारी बढाउनेतर्फ ख्याल गरेन । नेकपा एमालेका विद्यार्थीले वैज्ञानिक र रोजगारकुलक शिक्षाका बारेमा आवाज उठाउन छाडेको वर्षौ भयो । देशमा रोजगारी नहुँदा खाडी मुलुक जान बाध्य युवाहरूमाथि स्वास्थ्य परिक्षणका नाममा शोषण गर्ने प्रथा दुई तिहाईको ओली शासनमै चर्काइयो । हातका औंला बांगा बनाएर सहयात्रीको खेदो खनेको पाप आज उनलाई लागेको छ । कलिमा आजको भोलि नै अपराधीहरू नांगेझार बन्छन् भन्ने कुरा दुई तिहाईको सत्ता दुई चोटी ध्वस्त गर्ने ओली ग्याङको बहादुरी काफी छ । देशको युव जनशक्ति विदेश पलायन गराउने गौरवशाली तिनै थिए । जसले मन्त्री पदका लागि मन्त्रालय फुटाए । प्रदेशमा त्यस्तै छ । कुल बजेटको ६५ प्रतिशत बजेट खर्च गरेर मन्त्री र उनका आसेपासे पाल्ने धन्दानै काफी थिए । तिनले एकै प्रकृतिका मन्त्रालय गाभेर खर्च कटाउने तर्फ ध्यान दिएनन् । झण्डै दुई खर्व रुपियाँ यिनले हजम गर्थे । तर उनीहरू आफू सबै विज्ञ भएको दाबी गर्थे । चालु खर्च ५२ प्रतिशत बढाएर समृद्धि र विकासको लहर ल्याएका केपी ओलीको शासनमा कतै रोजगारी वृद्धि भएन । जबकि कम्युनष्टिले किसान र मजदुर वर्गको हित गर्ने भन्छन् । झन कम्युनिष्टहरू जनताको भावना विपरित पार्टीमा गुटवाद, नातावाद र परिवारवादमा चुर्लुम्म थिए । वर्षमा ११ खर्ब भन्दा बढी प्रशासनिक खर्च हुँदा घटाउनेतर्फ त्यो अहंकारी र दम्भी शासनले सोचेन । यही कारण अबको समयमा ओलीको असक्षमताको पछाडि गुण्डाहरू बाहेक कार्यकर्ता र समर्थक नभएका हुन् ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल