Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुबईमा बेचिएकी चेलीलाई प्रसाईंले १० दिनमा उद्धार गरे

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंलाई सम्वोधन गर्दै एक युवतीले यूएईको शारजाहबाट उद्धारको याचना गरिन् । दाइ मलाई जसरी भए पनि बचाउनु, अब मेरो मोबाइल पनि खोस्छ होला । यिनीहरुलाई थाहा हुन्छ होला अब । अफिसको मान्छेले भन्दिन्छन् होला अब । दाइ मलाई हेल्प गर्नु न, उनले रुँदै भिडिओ रेकर्ड गरेर चिनेको व्यक्तिलाई पठाएकी थिइन् । युवतीको यो भिडिओ १० दिनअघि प्रसाईंको ह्वाट्सएपमा खस्यो । यही आधारमा युवतीको सकुशल उद्धार गरेर स्वदेश फर्काउन प्रसाईं सफल भएका छन् । नेपाल प्रेससित कुरा गर्दै प्रसाईंले दुबईमा रहेको आफ्नो कार्यालयमार्फत आफ्नै खर्चमा युवतीको उद्धार गरेको बताए । उनको पासपोर्ट भिसालगायत केही पनि डकुमेन्ट थिएन । तत्कालै मैले उनलाई हाम्रो क्याम्पमा ल्याएर राख्न लगाएँ । सरकारले तोकेको जरिवानासमेत तिरेपछि नेपाल ल्याउन सम्भव भयो, उनले भने । दुबईस्थित नेपाली दूतावासले भने कुनै सदासयता नदेखाएको प्रसाईंको गुनासो छ । उनले भने, आफैं पहल गरेर उद्धार गर्नु त परको कुरा, उनीहरुले इमिग्रेसन प्रक्रियाका लागि २०० दिराम पनि छुट गर्न आग्रह गर्दा पनि गरेनन् । युवतीलाई नेपाल फिर्ता गर्न आफूले करिब ६ लाख रुपैयाँ खर्च गरेको प्रसाईंले बताए । उनी आफैं युवतीलाई लिन त्रिभुवन विमानस्थल पुगेका थिए । युवती बेसहारा भएकाले आफ्नो अस्पतालमा काम लगाइदिन लागेको पनि उनले जानकारी दिए । दुबईमा प्रसाईंको कार्यालय छ, जसलाई उनी आफ्नो ‘दूतावास’ भन्छन् । त्यहाँ उनले दुई कर्मचारी राखेका छन् । दुबईमा अप्ठेरो अवस्थामा रहेका नेपालीहरुको सहयोग र उद्धारकै लागि उनले यो कार्यालय सञ्चालन गरेका हुन् । ‘त्यहाँ मैले फ्ल्याट नै लिएर दूतावास चलाइरहेको छु । तकरिबन ३० लाख रुपैयाँ मासिक खर्च हुन्छ’ उनले सुनाए । अहिलेसम्म आफूले विभिन्न कारणले जेल बसेका तथा अलपत्र परेका ५०० भन्दा बढीलाई उद्धार गरिसकेको र यसमा ४ करोडभन्दा बढी व्यक्तिगत खर्च भएको प्रसाईंको दावी छ । ‘इराकमा बेचिएकी एक चेलीलाई अर्को हप्ता नेपाल फर्काउँदैछु, उनले भने ।

पीडित युवतीको यस्तो छ भनाई
सर्लाही फुलजोर घर भएकी युवतीको परिवार लथालिंग र आर्थिक अवस्था नाजुक थियो । कमाउन भारत गएका बुवा ७ वर्षदेखि सम्पर्कविहीन छन् । उनी मरे(बाँचेको समेत ठेगान छैन । आमाले अर्को विवाह गरेर नेपालगञ्जमा बस्दै आएकी छन् । युवतीका भाइ र बहिनी आमासितै बस्छन् । युवती भने कहिले आमा र कहिले हजुरआमासित बस्दै आएकी थिइन् । आमाको गाउँकी यादव थरकी एक महिलाले आफूलाई भेटेरै यसरी यत्तिकै बसेर हुँदैन, दुबईमा राम्रो काम छ भन्ने अफर गरेको उनले सुनाइन् । ‘हामी पनि पहिल्यै गएर आएको हो । घरभित्रको सजिलो काम हुन्छ, पैसा पनि राम्रो हुन्छ भनेर फकाइन्’, युवतीले भनिन् । युवतीका अनुसार उनीसँग एजेन्टले पैसा भने मागेका थिएनन् । २५ हजार जति ऋण लिएर व्यक्तिगत किनमेल गरेको उनले बताइन् । उनीसँगै एजेन्टकी बहिनी पनि दुबई गएकी थिइन् । त्यहाँ गएपछि उनलाई एउटा घरमा काममा लगाइयो । घरभित्रको सबै काम गर्नुपर्थ्यो । तर, यातना र दुर्व्यवहार पनि खेप्नुपर्‍यो । तर, पैसा भने पाइनन् । ६ महिनासम्म काम गर्दा पनि एक पैसा नपाएको उनले बताइन् ।
‘मैले काम गरेको ज्याला माग्दा तिमीलाई हामीले पहिल्यै पैसा हालेर किनेका हौं, अब केको पैसा भनेर झपार्थे’, उनले भनिन् । पैसाविना काम र यातना पनि खेप्नु परेपछि युवतीले उद्धारका लागि याचना गरेकी थिइन् । उनले बाथरुममा बसेर लुकेर भिडियो बनाइन् । त्यही भिडियो उनलाई नेपाल फर्किन सहयोगी बन्यो । उनी दुर्गा प्रसाईंप्रति अनुग्रहित बनेकी छन् ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल