Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशभरका सबै सहकारी संस्थालाई छानबिन गरियायोस् : अमनलाल मोदी

२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं लाखौं जनताको पैसा दुरुपयोग भइराखेको उल्लेख गर्दै उनले छानबिनको माग राखे ।

बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन् न सम्बन्धित मान्छेहरुले कारबाही भेगेका छन् । म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु – देशभैरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ सांसद मोदीले भने ।

सहकारीलाई छानबिनमा ल्याएर कमिकमजोरी भए नियामक संस्थाले कारबाही गरी जनताको पसा फिर्ता गराउनुपर्ने उनको भनाइ छ ।

 


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल