Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देश दो्हिलाइ बचाउन प्रचण्ड, देउवा र ओलीबीच वार्ता

२६ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा भएको छलफलको विषय सार्वजनिक भइसकेको छैन । तर प्रधानमन्त्रीको सचिवालयले भने समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरु मुछिएका बेला शीर्ष नेताहरुबीच सोही विषयमा छलफल भएको स्रोतले बतायो । यो प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु लगायतको नामसमेत मुछिएपछि राजनीति तरंगित भएको छ । यद्यपि कांग्रेस–एमालेले यसबारे चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि दुई पटकसम्म प्रधानमन्त्री प्रचण्डलाई भेटेर छलफल गरेका थिए । उनले कसैलाई चोख्याउने र कसैलाई दण्डित गर्ने नियत राखिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल