Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेटवर्किङ व्यवसायका नाममा ठगी धन्दा

चितवन । मोर्डन फेशन नामक कम्पनीले भारतको बिहार राज्यका विभिन्न ठाउँमा बिरालोले न्याउरो सारेझैं कार्यालय सारी सारी नेपालमा समेत ठगी गर्न भ्याइसकेको छ । नेपालको कानुन अनुसार कुनै पनि सरकारी निकायमा स्वीकृती नलिई कनै मोर्डन फेशन नामक ठग गिरोहले नेपाली युवाहरुलाई सपना देखाई प्रलोभमा फसाएका छन् । यो कम्नपीले विभिन्न प्रलोभन देखाएर एक व्यक्ति बराबर रु २ लाख जम्मा गर्न लगाउँछ । त्यो रकम बराबरको ४१ प्रतिशत शेयर दिने भन्छ । शेयर हाल्ने व्यक्तिले अरु ४ जनालाई २÷२ लाख जम्मा गर्न लगाउँछ र शेयर सदस्य बनाउँछ । त्यो बापत शेयर सदस्यलाई मासिक ८० हजार भारु तलब दिने र ५ वर्षभित्र निवृत्तिभरण (पेन्सन) दिने भनी ठगी गरिरहेको छ । संसारमा कहीं पनि यस्तो व्यवस्था छैन । नेपालभर विगतमा यस्तै ठग्ने नेटवर्किङ व्यवसाय युनिटी, गोल्डक्वेस्ट संस्था संस्थाले पनि यसअघि लुटेकै थिए । अहिले जनताको पैसा सर्वश्व बनाएर मलेसियामा लुकिरहेका जिबी राई युनिटीका ठग हुन् । चितवनका सुजन गुरुङ नेपालका लागि सो कम्पनीका प्रमुख हुन् । उनी गीता नगरमा बस्दछन् । स्थानीय मध्यम वर्गीय परिवारका सदस्य गुरुङले स्थानीय युवाहरुलाई फसाउँछन् । विभिन्न प्रशिक्षण दिएर उनीहरुको दिमाग मोडिदिन्छन् । स्काभेटर चलाउन जान्ने ड्राइभिङ पेशामा लागेका युवा यो ठगीमा फसेका कुरा हाम्रा चितवन प्रतिनिधि रविन्द्र वाग्लेले बताएका छन् । ३ महिना तालिम लिएकहरु धमाधम चितवनमै चाहारेपछि यो ठगीको रहस्य खुलेको हो । युनिटी र गोल्डक्वेस्टमा लागेर सम्पत्ति फसाएका र गरवारविहीन भएका धेरै थिए । अगुवाहरुले गाडी चडे, डिस्को र क्यासिनोमा पैसा उडाए । भैसी बाँध्ने साङ्लो जत्रो सुनको सिक्री र औंठी लगाएर सदस्य बनाउनेहरुले ठाउँको ठाउँ कुटाई खाएका थिए । यही अवस्था मोर्डन फेशनको नाममा थालिएको ठगी धन्दामा लाग्नेहरुमाथि आउँदैछ । सरकारले ठगीका नाममा भएका यस्ता तमासा देखोको छ । सहकारी पीडित, लुघवित्त पीडित र मिटर ब्याजका पीडित मात्र होइन दूध बेचेर पैसा नपाउने किसानका समस्याले देश ग्रस्त छ । संसदको विधेयक अधिवेशन जारी छ । चितवनका सांसद रवि लामिछाने, विक्रम पाण्डे र हरि ढकालहरुलाई जनताका छोराछोरी ठगिएकोमा चिन्ता छैन । स्थानीय सरकार भरतपुर महानगर, जिल्ला समन्वय समिति, प्रहरी, जिल्ला प्रशासन जस्ता संस्थाले सुजन गुरुङलाई पक्राउ गरी अरु नेपाली युवाहरु ठगी हुनबाट बचाउनु जरुरी छ ।


सम्बन्धित समाचार

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल