Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा आत्महत्याको अवस्था डरलाग्दो, एकै वर्षमा ७१९४ ले संसार छाडे ।

काठमाडौं । जीवनमा आइलाग्ने साना ठूला समस्या पन्छाएर अघि बढ्नुको साटो जीवनै समाप्त पार्नेहरुको संख्या डरलाग्दो देखिएको छ । नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गैरहेको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार पछिल्लो एक वर्षमा नेपालमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेका छन् । पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या हुँदा कर्णालीमा सबैभन्दा कम आत्महत्याका घटना भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले बताएका छन् । कोशी प्रदेशमा आत्महत्याका सबैभन्दा धेरै २१.२७ प्रतिशत घटना भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४.२४ प्रतिशत रहेको देखिन्छ । अन्यमा मधेशमा पनि आत्महत्या गर्नेको संख्या धेरै छ, लुम्बिनी, बागमती, गण्डकी पनि छ । आत्महत्या गर्नेहरुको संख्या संख्या सबैतिर बढिरहेको छ, प्रवक्ता ढकालले भने । आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै ८५ प्रतिशतले झुण्डिएको, १३.३४ प्रतिशतले विष सेवन गरेको र अन्यले आगो लगाएको, पानीमा हाम फालेर मृत्युवरण गरेको विवरण प्रहरी तथ्यांकमा उल्लेख छन् । यसैबीच, पछिल्लो एक वर्ष भित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीवार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए । उक्त मुद्दामध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए । उपत्यकापछि मधेश, कोशी तथा लुम्बिनीमा क्रमश धेरै अपराधका मुद्दा दर्ता भएका छन् । त्यस्तै, अपराधका घटनामध्ये सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा दर्ता भएको छ । दोस्रोमा सार्वजनिक हित स्वास्थ्य विपरितका अपराध र तेस्रोमा आत्महत्या, चौथोमा लागु औषध, चोरी, जवर्रजस्ती करणी, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान मुद्दा, साइवर अपराध, अपहरण, हत्यालगायतका घटनाहरु धेरै भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीका अनुसार सबैभन्दा धेरै कर्तव्य ज्यान सम्बन्धी घटना मधेश प्रदेशमा २३.२७ प्रतिशत भएको छ भने सबैभन्दा कम उपत्यकामा ६.५ प्रतिशत दर्ता भएको छ ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल