Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल लाइफ इन्स्योरेन्स र प्रहरीको मिलेमतामा यतिसम्मको दर्दनाक कथा

सप्तरी  ।  इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी गरिएको घटनामा प्रहरीले झुक्याएर जाहेरी लिएको र अनुसन्धानको प्रक्रिया शंकास्पद रहेको भेटिएको छ । कार्यालयका डीएसपीबाट हिरासतमा भएको ‘बलात्कार घटना प्रहरीले सामसुम पारेको पाँच महिनापछि सार्वजनिक भएसँगै यो प्रकरणबारे शंकास्पद विवरण बाहिर आएका छन्

यो घटना कसरी शंकास्पद थियो भनेर बुझ्न २०७९ कात्तिक ६ मा पुग्नुपर्छ । त्यो बिहान ५ बजे एक अधबैंसे पुरुषको करेन्ट लागेर मृत्यु भएको थियो । घटनाबारे परिवारकै सदस्यले प्रहरीमा खबर गरेपछि इलाका प्रहरीको टोली घटनास्थल पुगेको थियो । पोस्टमार्टम गरी प्रहरीले शव परिवारको जिम्मा लगाएपछि सद्गत गरिएको थियो । काजकिरिया सकिएपछि २०७९ मंसिर ७ मा मृतककी श्रीमतीले इलाका प्रहरी कार्यालयमा पुगेर पतिको भवितव्य मृत्यु भएको भन्दै निवेदन दिएकी थिइन् । त्यसको भोलिपल्ट उक्त कार्यालयका तत्कालीन डीएसपी रामकुमार यादवको तोकादेशमा प्रहरीले उक्त जाहेरीलाई ४१ नम्बरमा दर्ता गरी भवितव्य मृत्यु भएको भन्दै चलानी नम्बर ११२२ को पत्र दिएको थियो । यो पत्र पाएलगत्तै मृतककी श्रीमती श्रीमानको बिमा रकम लिन सिटिजन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गएकी थिइन् । प्रक्रिया पूरा गरेर उनले सिटिजनबाट रकम प्राप्त गरिन् ।

२०७९ पुसमै मृतककी पत्नी बिमा रकमका लागि नेपाल लाइफ इन्स्योरेन्समा पुगिन् । इन्स्योरेन्सका प्रतिनिधि मोकेन्द्र यादवले भने घटनाबारे अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई फर्काइदिए । यसबीचमा इलाका प्रहरीमा फागुन २ गते नयाँ डीएसपी दीपककुमार राय हाजिर भए । रायलाई इन्स्योरेन्सका प्रतिनिधि मोकेन्द्रले खादासहित स्वागत गरेबाट उनीहरूको सम्बन्धको पृष्ठभूमि बुझिन्छ । मृतककी पत्नी बारम्बार बिमा रकम लिन धाइरहेको बेला नयाँ आएका डीएसपी रायले चैत ४ मा मृतककी पत्नीसहित तीन जनालाई घरबाटै पक्राउ गरेका थिए ।

प्रहरीले पक्राउको चार दिनपछि मृतककी पत्नीको, ५ दिन र ८ दिनपछि अन्य दुई जनाको पोलीग्राफ गरेको थियो । पक्राउको भोलिपल्ट नेपाल लाइफले शंकास्पद मृत्यु भन्दै प्रहरीमा पत्राचार गरेको थियो भने पक्राउ गरेको १० दिनपछि मात्रै तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पुर्जीबिनै हिरासतमा राखिएकोबारे प्रश्न गर्दा डीएसपी रायले सुरुमा अभद्र व्यवहारमा जिल्ला प्रशासनबाट अनुमति लिएर राखेको र पछि पक्राउ पुर्जी जारी गरिएको दाबी गरे । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले ती महिलासहित तीनै जनालाई अभद्र व्यवहारमा पक्राउ गरिएको पुष्टि गरे ।

यहीबीचमा चैत १५ मा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले पत्रकार सम्मेलन गर्दै मृतककी पत्नीले बिमाको रकम हत्याउन र सो रकमले ऋण तिर्नका लागि दुई महिलाको सहयोगमा आफ्नै पतिको हत्या गरेको बताए । मृतककी पत्नी पक्राउ परेको १६ दिनपछि अर्थात् चैत २० मा मृतकका दाजुलाई इलाका प्रहरीमा बोलाएर हस्ताक्षर गर्न लगाइएको देखिन्छ । मृतकका दाजुले । हामिसँगको कुराकानीमा भने, म अनपढ मान्छे केही बोल्न सकिनँ । मलाई ३ पानाको कागजमा सही गर्न भनियो । त्यो कागजमा के लेखिएको थियो न त पढेर सुनाइयो न मलाई बुझाइयो । झुक्याएर जाहेरी पत्रमा औंठाछाप लगाउन लगाइयो ।

यही जाहेरीकै आधारमा अघि बढेको मुद्दामा ०८० वैशाख ११ मा सप्तरी जिल्ला अदालतले थुनछेक बहसपछि तीनै जनालाई पुर्पक्ष थुनामा राख्ने आदेश सुनायो । थुनामा रहेकी मृतककी पत्नीले  । हामिसँगको कुराकानीमा बिमा कर्मचारी र प्रहरीले आफूविरुद्ध षड्यन्त्र गरिएको बताइन् । हामिसँगको कुराकानीमा मृतककी आमाले बुहारी पक्राउपछि आफ्नो होस उडेको बताइन् । उनले भनिन्, छोरा गयो, बुहारी जेल गइन्, एक्लो घर बिरानो लाग्छ ।

नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारी मोकेन्द्रले मृतककी पत्नीले बिमाबापत ४० लाख पाउने अवस्था रहेपछि उक्त रकम दिनुअघि आफूहरूले गरेको अनुसन्धानले शंका देखाएपछि प्रहरीमा पत्राचार गरेको बताए । उनले त्यसअघिको अनुसन्धान मिलिभगतमा भएको आरोप लगाउँदै पोस्टमार्टमबारे पनि शंका गर्नुपर्ने तर्क गरे । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले हिरासतमा भएको भनिएको बलात्कारको घटनामा आफूहरूले अनुसन्धान गरिरहेको बताए । उनले भने, सीसीटीभी फुटेज संकलन गर्ने काम भइरहेको छ ।


सम्बन्धित समाचार

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल