Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पछि हट्यो आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान एक÷एक रुपैयाँका दरले मूल्य घटाएको हो । गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेलमा समान प्रतिलिटर २÷२ रुपैयाँका दरले बढाएको थियो भने, खाना पकाउने एलपी ग्यासको मूल्य समेत अधिकतम प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको थियो । सोही मूल्य वृद्धिको विरुद्धमा ५ विद्यार्थी सङ्गठनले विरोधसहित निगममा ज्ञापन पत्र बुझाएसँगै निगमले मूल्य घटाएको हो । उक्त विद्यार्थीहरूको मागलाई मध्य नजर गर्दै निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ, डिजेल र मट्टितेलको समान १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।


सम्बन्धित समाचार