Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता प्रा डा गोविन्द केसी अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगेका छन्। विश्व शान्ति दिवसका अवसरमा डा केसी अमेरिका प्रस्थान गरेका हुन् । सोलिड्यारिटी फर डा केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् । २१, सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जनाएका छन् ।
विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले डा केसीको अगुवाइमा सेप्टेम्बर २० र २१ तारिखको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ।