Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशन नै भाँडिनसक्ने काँग्रेसको लफडा

काठमाडौं। आगामी भदौभित्र काँग्रेसले महाधिवेशन सम्पन्न नगरेको खण्डमा संवैधानिक रुपमै काँग्रेसको अस्तित्व समाप्त हुन्छ । अब समय धेरै बाँकी छैन तर समस्याको चुरो फुकाउन धेरै बाँकी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रश्न उठाएपछि विवाद चुलिएको हो । समस्या समाधानका लागि सभापति देउवाले आइतबार दिउँसो २ बजे आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक डाकेका छन् । काँग्रेसको सिस्टममा ८ लाख भन्दा बढी क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छ । केही जिल्लाहरुले इन्ट्रि गरेका छैनन् । इन्ट्री भएका नामहरुमाथि उजुरीका लागि असार ६ सम्मको समय दिइएको थियो । नाम सच्याउन ९ गतेसम्मको समय थियो । तर, ४२ जिल्लामा ठूलो संख्यामा उजुरी परेको छ । देशभर उजुरी परेपछि समस्या परेको छ । बारा र सप्तरीका आठवटा निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री गरेका छैनन् । धनुषाको एउटा निर्वाच्न क्षेमा विवाद परेपछि नाम सार्वजनिक भएको छैन । बागमती प्रदेशका सिन्धुपाल्चोकमा सदस्यता वितरण र नवीकरण भइरहेको छ । काभ्रेको एउटा निर्वाचन क्षेत्र, बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुरामा विवादका कारण नाम सार्वजनिक भएको छैन । हिजो सम्म नाम इन्ट्री गर्न समय दिइएको थियो । समयसीमा सकिएको छ । यसबाट भदौ १६ देखि १९ सम्म हुने भनिएको महाधिवेशन प्रभावित हुनसक्ने देखिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल