Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माया पिरेममा साम्राज्ञी

काठमाडौं–अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह म्यूजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन् । फिल्ममा अभिनय गरेर लोकप्रियता कमाएकी यी अभिनेत्री अब चाँडै नै ‘माया पिरेम’ नामक गीतको भिडियोमा देखिँदैछिन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नवकलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले यो गीतमा स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने गीतको भिडियोमा दीपेश सापकोटाको निर्देशन रहनेछ ।
गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतमा डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । माइकल चन्दको कोरियोग्राफी रहने गीतको भिडियो काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिनेछ । भिडियो ट्री मिडियाको अफिसियल युट्युब च्यानलमार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात अभिनेत्री शाहले गीत र म्युजिक भिडियोमा प्रयोग गरिने नयाँपन मन परेको कारण काम गर्न लागेको बताएकी छिन् ।