Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यता नलाग्न डब्ल्यूएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोेभिड– १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेकोे संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड–१९ को उत्पत्ति) को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।’
‘यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ र यसबाट तपाइँले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ । वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ । भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ ।’ डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स–कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको छ ।

सबै मुलुकका सरकारहरूले सँगै मिलेर काम गर्ने र भाइरस मूल अध्ययन सफलतापूर्वक सम्पन्न गर्नका लागि वातावरण सिर्जना गर्न आह्वान गर्दै रायनले भने, ‘यस मुद्दाको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ ।’ भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहु अभियानहरू आवश्यक पर्दछन् यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको उनको भनाइ थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल