Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजा ज्ञानेन्द्रलाई खुल्ला पत्र

  • अर्जुन ज्ञवाली

गौतमबुद्धको जन्मस्थल लुम्बिनी नजिक सिद्धार्थनगर (भैरहवा) को क्रार्यक्रममा महाराजले गरेको सम्बोधन पढ्दै गर्दा केहि भन्न मनलाग्यो । महाराजलाई यो खुल्लापत्र लेख्न मन लाग्यो किनभने ः एउटा शुभचिन्तक साधारण नागरिकको हैसियतले महाराजलाई म स्मरण गराउन चाहन्छु । साधारण नागरिक भए पनि महाराजको बुबा राष्ट्रप्रेमी राजा महेन्द्र र महाराजका हजुरबुबा प्रजातान्त्रिक राजा त्रिभुवन, महाराजका दाजु देशभक्त राजा बिरेन्द्रसँग राजनीति सम्बन्ध राख्नु भएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा अन्तर्राष्ट्रिय स्तरका उच्च व्यक्तित्व भएका राजनीतिज्ञ डा. केशरजङ्ग रायमाझी, राजेश्वर देवकोटा, किर्तिनिधि बिष्ट महाराजका बुबा र दाजुसँग सम्बन्ध भएका रबिन्द्रनाथ शर्मासँगको लामो संगत आत्मीयता, बिश्वासका कारण उहाँहरूबाट सिकेका, बुझेका मेरा केहि राजनीतिक अनुभवहरू पनि छन् ।
महाराजलाई म साधारण शुभचिन्तकको नाताले केहि कुरा स्मरण गराउ चाहन्छु । महाराजले २०६४ जेष्ठ १४ गरे नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गर्दा मेरो बारेमा बोलिदिने कोही भएन भन्दै हाँसी हाँसी दरबार छोड्नुभएको थियोे । अहिले महाराजको वरिपरिकाहरू त्यतिबेला कहाँ थिए ? र अहिले तपाईंको वरिपरि जयजयकार गर्न कहाँ र कसको निर्देशनबाट आएका छन् । मेरो स्पष्ट धारणाछ, महाराज तपाईं जसरी अन्जानमै २००७ सालमा नावालक ४ बर्षको उमेरमै राजा बन्नुभयो, त्यसैगरी अन्जानमै २०५८ जेष्ठ १९ को दुइवटा अत्याधुनिक सैनिक गण कडा सुरक्षा घेराभित्र भएको दरबार हत्याकाण्ड पछि राजा बन्नुभयो । कसरी बनें भन्ने कुरा स्वयं महाराजलाई पनि अवगत नहुन सक्छ । किनभने गणतन्त्र त्यतिबेलानै घोषणा हुने थियो । इन्डियन र अमेरिकनहरूले आफ्ना सुत्रहरू मार्फत तत्कालिन राजपरिषद्का सभापति डा. केशरजङ रायमाझीलाई तपाईं कम्युनिष्ट पार्टीको महासचिव भइसकेको मान्छे पहिलो राष्ट्रपति बनेर इतिहास रच्नुस् भन्ने प्रस्ताव गरेका थिए । उहाँले त्यो अस्विकार गरेपछि राजा घोषणा गर्ने अधिकार रहेको राजपरिषद्मा बहुमत पु¥याएर गणतन्त्र घोषणा गर्ने योजना थियोे । महाराजलाई जानकारी छ कि छैन डा, केशरजंग रायमाझीले त्यो षड्यन्त्र पनि असफल पारिदिँदै १०० सदस्यमा बहुमत ८० सदस्य रायमाझीको पक्षमा उभिएपछि महाराजको गद्दी आरोहणको मार्ग खुलेको थियोे । महाराज यी विषयहरू नारायणहिटी हत्याकाण्ड पुस्तकमा समेटिएका छन । पहिलो सस्करण सकिएकाले दोस्रो सस्करण केहि समयपछि आउँदैछ । इच्छुक भए बजारमा लिन पठाएर पढ्नुहोला ।
डा. केशरजंग रायमाझीले तपाईंलाई भेट्न खोज्दा १ बर्षसम्म भेटन नदिने तपाईंको वरिपरिको इन्डो÷पश्चिमा गिरोह तपाईंको शुभचिन्तक हुन् कि तपाईंलाई समाप्त पार्न चाहने देशी विदेशी शक्तिकेन्द्रका जासुसहरू ? तत्पश्चात् तपाईंले पशुपतिभक्त महर्जनलाई डा. केशरजंग रायमाझीको नवलपरासीको नवलपुरको घरमा लिन पठाएर प्रस्ताव गरेको प्रधानमन्त्री पद रायमाझीले अश्विकार गरेको महाराजलाई हेक्कानै होला । बैचारिक राजनीति ब्यक्तिले पद हेर्दैन भन्नेत महाराजलाई डा. रायमाझीबाटै अवगत भएकै हुनुपर्छ । म जस्तो साधारण शुभचिन्तकले डा. रायमाझीबाट सिकेको नैतिकताको पाठ नै यही हो । त्यसकारण मलाई अहिले तपाईंको वरिपरिका घेराका मानिसहरूले चलाएका राजावादी र राष्ट्रवादी भन्नेहरू देख्दा र भेट्दा अत्यन्त डर लाग्छ । किनभने सबैभन्दा खतरनाक नेपाल एकीकरण विरोधी, राजसंस्था विरोधी, राष्ट्रघाती, देशद्रोही, विदेशी दलालहरू राजा र राष्ट्रवादको आवरणमा देखिन्छन् ।
गिरिजाप्रसाद कोइरालाले राजेश्वर देवकोटालाई प्रधानमन्त्री समर्थन गरेको ५ बुँदे हस्ताक्षर तपाईंका मुख्यसचिव पशुपतिभक्त महर्जनलाई बुझाएकै हो । राजेश्वर देवकोटालाई अश्विकार गरेर गिरिजाप्रसाद कोइरालालाई दिल्लीमा १२ बुँदे सम्झौता गराउन पु¥याउनेहरू को को हुन् ? तीनै अहिले तपाईंको वपरिपरि देखिन्छन् । तत्कालिन एमाले नेता बामदेव गौतमले माओवादी समस्या समाधानका लागि प्रचण्डसँग रोल्पामा भेटेर महाराजसँग १४ पटक भेट माग्दा रोक्नेहरू को को हुन् ? पशुपतिभक्त महर्जन र तत्कालीन सैनिक जनरल २०५८ जेठ १९ को दरबार हत्याकाण्डका समयमा राजा वीरेन्द्रका एडीसी रहेका टीका धमलाई सोधी बक्सेला । प्रचण्डलाई दिल्ली पुर्याउनेहरू को को हुन् ? केहि समय पूर्ब तपाईंलाई विवादास्पद बौद्ध आवरणमा कृप्टो बौद्ध मिसन चलाइरहेका दलाइलामाको फोटो माथि राखेर तल अतिथि बनाएर लैजानेहरू को को हुन् ? दरबार छोडदा मेरो बोलिदिने कोही भएन भन्ने अभिव्यक्ति दिनुभएका महाराजधिराजका अहिले यतिका बोलिदिनेहरू कहाँबाट आए ? त्यतिबेला यिनिहरू कहाँ थिए ? अहिले कुन उदेश्यले आइरहेका छन् ? तत्कालीन शभामुख तारानाथ रानाभाटको सभामुख पदबाट राजिनामा मागेर प्रधानमन्त्रीबाट बिच्काएर कांग्रेसलाई दिल्लीमा १२ बुँदेमा पु¥याउने को हो ?
चीनियाँहरूले रमेशनाथ पाण्डेलाई चीन नपठाउन दरबारमा फ्याक्स गर्दा पनि कीर्तिनिधि बिष्टलाई नपठाएर रमेशनाथलाई पठाउन सुझाउनेहरू को हुन् ? दुर्गा प्रसाइको क्रार्यक्रममा कस्को सल्लाहमा जानुभएको हो ? महाराजलाई यति भुमिका र प्रश्नचिन्ह सहित यो पत्र किन हो भने तपाईंलाई दलाइलामा बनाउन सेना र तपाईंकै वरिपरिको राजावादी र राष्ट्रवादी गिरोह क्रियाशिलछ । गणतन्त्र गिरिजाप्रसाद कोइराला, प्रचण्डले ल्याएको होईन योत तपाईंकै वरिपरिको कुख्यात इन्डो÷पश्चिमा गिरोहले ल्याएको हो । अब यो गिरोह तपाईंलाई दलाइलामा बनाउन क्रियाशिलछ भन्ने त दलाइलामाको फोटो मुनि लैजानेहरूले प्रमाणित गरिसकेका छन् । तपाईंलाई अब गल्ती गर्ने अपसन छैन । भुराजनितिले अब नेपालमा चीन÷ रुसलाई वाइपास गरेर जानखोज्नु आत्मघात हो । महाराजले कम्बोडिया र अफगानिस्तानको राजतन्त्र बिस्थापनको इतिहास पढिबक्सेकै होला । तालिवानको पतनपछि राजा जाहिर शाहले राजा हुन किन अश्विकार गर्नुभयो ? असरफ घानिले कसरी देश छोडनु पर्यो ? इतिहास पुरानै रूपमा दोहोदिँदैन । नयाँ फेनामेनामा देखिन्छ ।
अहिलेका दलहरूको पतन त निश्चित छ तर त्यसको विकल्प नत अफगानिस्तानमा तालिवानको पतनपछिको राजतन्त्र हो नत हमिद कारजाइ मोडल । महाराजले हेक्का राखिबक्सेला । राजतन्त्र र हिन्दू आवरणमा देखिएको इन्डो÷ पश्चिमा गिरोह विरुद्ध नेपाल एकीकरण लिगेसिको बेलायती पाल्तु कुकुर जंगबहादुर राणा बिरोधि पृथ्वीनारायण शाह बहादुर शाह, बिशे नगर्ची, कालू पाण्डे, झागल गुरुङ, केहरसिह बस्न्यात, अमरसिह थापा, बलभद्र कुवर, भक्ति थापा, गोरखनाथ, मत्स्येन्द्रनाथ, भैरवनाथ, काली, भवानी, मनकामना शिबशक्ती धार पनि सेनाभित्र र बाहिर सुषुप्त रूपमा क्रियाशिलनै छ । तथापि यो धार बाहिर देखापरेको छैन होला । बिश्व बहुध्रुवीकरण भैरहेको अवस्थामा राजा र हिन्दू आवरणमा आएका इन्डो÷पश्चिमाहरूलाई परास्त गर्न यो धार काफीछ । कोशी, गण्डकी र कर्णालीमा धेरै पानी बगिसकेको छ । यो २०२८ सालमा राजा महेन्द्रको र २०५८ जेष्ठ १९ मा बिरेन्द्रको २ वटा सैनिक गणको सुरक्षा घेरामा हत्या गर्दाको समय होइन । भुराजनिती मजाग होईन । जसरी महाराज २००७ सालमा अन्जानमै राजा होइबक्सियो २०५८ जेष्ठ १९ पछि पनि अन्जानमै होइबक्सियो । एउटा शुभचिन्तकको नाताले महाराज आफ्नै वरिपरको घेराले के गराउँदैछ हेक्का राखिबक्सेला ।

राजा महेन्द्रले गरेको ऐतिहासिक भूल
बिश्व प्रशीद्ध दार्शनिक कार्लमाक्सले जंगबहादुर राणालाई बेलायतको पाल्तु कुकुर त्यसै भनेका होइनन् । हुनत यहाँ जंगबहादुर राणालाइ राष्ट्रबादी बनाउने बिपि कोइराला जस्तो पतितलाई महामानव बनाउने इन्डो÷ पश्चिमा फण्डिङ बुद्धिजीवीहरू छन् । अबको शासन ब्यवस्था राणा लिगेसी बोकेको अमेरिकी गोर्खा रेजिमेन्टको सुरक्षा कवजको राजतन्त्र होईन, गद्दफी मोडेलको नेपाली शासन ब्यवस्था हो । बिश्व बहुध्रुबिय दिशातर्फ गैरहेको अवस्थामा नेपाली मोडेलको गद्दाफी शासन सम्भव छ । अहिलेका दल भनेका दरबारमा राणाहरूले नोकर्नि तर्फ भुडी बोकाएका सि क्लासा राणाहरूका अबैध औलादहरूले चलाएका बेश्याघर मात्रै हुन् । बेश्याहरू देख्दा जति सुन्दर देखिए पनि घरबार हुदैन । यी दलहरू लोकतन्त्रको आवरणमा जतिसुकै चिल्लाए पनि यिनिहरूबाट देश चल्दैन ।
राणाको भुँडी बोकेका काठमाडौका राणा पालित पोसित बौद्धिक बेश्याहरूले जतिसुकै कु प्रचार गरे पनि दरबारहत्याकाण्ड २०५८ जेष्ठ १९ ले संबैधानिक राजतन्त्र, रणबहादुर शाह देखी २००७ सालमा ज्ञानेन्द्रलाई बनाइएको बेबिकिङ, २०२८ सालमा राजा महेन्द्रको हत्या गरेर बिरेन्द्रलाई पनि बेबिकिङनै बनाइएको थियोे । यस्तो शासन ब्यवस्था मुलुकले धान्न सक्तैन भन्ने प्रमाणित भैसकेकोछ । असफल पतन भैसकेका अहिलेका दलहरूको बिकल्प हृदयन्द्र राजा सास्कृतिक राजा होईन, कुनै पनि प्रकारको कथित पश्चिमा लोकतन्त्र पनि होईन अब नेपाली मोडेलको गद्दाफी या पुटिन मोडलनै हो । गद्दाफी या पुटिन मोडलको एजेन्डा श्विकार्यछ भने राजा ज्ञानेन्द्र र युवा राजा पारस शाहलाई पनि श्विकार्नु पर्दछ । तर यदि संबैधानिक राजतन्त्र, बेबि किङ, सास्कृतिक राजाको इन्डो÷पश्चिमा मोडेल पुनः स्थापना गर्न दिनुहुँदैन । राष्ट्रवाद र राजाबादी आवरणमा आएका इन्डो÷पश्चिमा दलालहरूलाइ गद्दाफी मोडेल बाटै परास्त गर्नु पर्दछ । भुराजनितीमा नेपालमा कोइ माइकालालले चीन÷ रुस ध्रुबलाई बाइपास गरेर जानसक्ने अवस्था छैन । यसकारण गद्दाफी मोडेल सम्भवछ । राणाका सबै अवयवहरू गद्दाफी मोडेलबाटै समाप्त पार्नुपर्दछ । किनभने ः
१) हजारौं असहमति भए पनि बाबुले छोराको अहित कहिल्यै पनि चाहँदैन । राजा त्रिभुवनले छोरा तत्कालीन युवराज महेन्द्रलाई राणा परिवारसँग सम्बन्ध तोडन आग्रह गर्दा नमानेको परिणामनै २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड र गणतन्त्र घोषणा हो ।
२) राजा महेन्द्रका ९९.९% कार्य देशको लागि ठिक हुँदा हुँदै पनि आफ्ना छोराहरूको राणा परिवारमा विवाह गराउनु महाभुल थियोे । तिनै राणाहरूको घेरामा स्वयं राजा महेन्द्र र बिरेन्द्रको हत्या भयो ।
३) युवा राजा पारस शाहले राणाको छोरी विवाह नगरेकोले उनी राणा पालित पोशित सेना र दरबारिया घेराको निशामा इन्डो÷ पश्चिमाहरूले बदनाम गर्दै आएका छन् । हिमानी शाहमाथिको प्रहार पनि राणा केन्द्रकै प्रपोगण्डा हो । बेबिकिङ भन्नेहरू राणा केन्द्रकै अनुचरहरू हुन् ।
४) महेन्द्रको हत्या, बिरेन्द्रको हत्याले अब पुरानो मोडेलको राजतन्त्रको औचित्य समाप्त भएकोछ । नेपाल एकीकरणको लिगेसिको सुरक्षा गद्दाफी या पुटिन मोडेलबाट मात्रै सम्भव छ ।
५) राजा त्रिभुवनले राणाहरूसँग पूर्ण सम्बन्ध बिच्छेद गर्न खोज्दा बिपि कोइरालादेखि पश्चिमा अनुचरहरू राणासँग सम्बन्ध बनाउन लागे त्यो राजा महेन्द्रको एतिहासिक भुल थियोे ।
६) यसकारण राणाको भुडी बोकेका अबैध सन्तानहरूले त्रिभुवनले देश भारतलाई बुझाउन लागेको भनेर गोयबल्स प्रपोगण्डा गर्दै आएका छन् । त्रिभुवनले देश बचाउन खेलेको भुमिका प्रमाण सहित बिपि बाइबल काँग्रेस पुस्तकमा उल्लेख छ ।
७) अब नेपाल गदाफी या पुटिन मोडेलमा नेपाल एकीकरणको लिगेसीसहित आधुनिक इतिहासमा टङक प्रसाद आचार्य, योगि नरहरिनाथ, डा. केशरजंग रायमाझी र नेपाल एकीकरणको जगमा गोरखनाथ, भैरवनाथ, भगवन्तनाथ, भवानी, महाकाली शिबशक्तिको आध्यात्मिक राष्ट्रबादमा आधारित मार्गनै नेपाली राजनीतिको निकास हो ।