Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपाको कार्यालयमा खैलाबैला मच्चिएको छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय हटाउने तयारी गरेसँगै सो पार्टीमा खैलाबैला मच्चिएको छ । महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन लागिएपछि सो पार्टीमा खैलाबैला मच्चिएको हो ।

महानगरपालिकाको टोली सोमबार डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि कार्यकर्ताहरुले अवरोध गर्न थालेका छन् । डोजर जाने बाटोमा कार्यकर्ताले गाडी तेर्स्याएर अवरोध सुरु गरेका छन् । यस्तै पार्टी कार्यालय परिसरमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ताको भीड लागेको छ ।

यस्तै महानगरपालिकाले भने तोकिएको समयमा कार्यालय नहटाइएकाले भत्काउन जाने लागिएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको बताए ।

यसअघि शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो ।

शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो । यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ, महानगरको टोलीले माइकिङमा भनेको थियो ।

हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले लिखितरुपमा कुनै जानकारी नगराएको र पार्टी कार्यालय भत्काउन महानगरले नपाउने दाबी गरेको छ ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल