Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियसभा छिर्ने एमालेको ढोका थुनियो

काठमाडौं । सत्ता गठबन्धनभित्र छिरेर महागठबन्धन बनाउँदे भागशान्ति जयनेपाल गर्ने एमालेको योजना सत्ता गठबन्धनको खटपटका कारण लगभग टुंगिएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार तय गर्न बसेको सत्ता गठबन्धनका दलको बैठक विना निष्कर्ष सकिएको छ। झण्डै ६ घण्टा लामो छलफलमा पनि दलहरूबीच सहमति जुट्न नसकेको हो। यद्यपि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने धेरै कुराहरू मिलिसकेको दाबी गरेका छन्। बैठकमा कांग्रेसले १३ सिटमा दाबी गरेको पनि उनले बताए। आइतबार दिउँसोसम्म सिट संख्याबारे जानकारी गराउने बताएका छन्।
यता सिट संख्यामा कुरा नमिलेपछि एकीकृत समाजवादी भने बैठकमा असन्तुष्ट बनेको थियो। सिट संख्यामा कुरा नमिलेपछि उक्त दलका नेताहरू बालुवाटार बैठकबाट निस्किएका थिए। गठबन्धन बैठकअघि शनिबार नै एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो। सो बैठकमा अध्यक्ष माधव कुमार नेपालले अध्यक्षसहित ५ सिटमा दाबी पेस गरेको ब्रिफिङ गरेका थिए। तर गठबन्धन बैठकमा सो संख्या नपाएपछि समाजवादीका नेताहरु रुष्ट बनेका हुन्। शनिबार दिउँसोबाटै सिट संख्यामा सहमति जुटाउन नेताहरू छलफलमा थिए। एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पान्डेले सिट सख्यामा सहमति नजुटेपछि आफूहरु बाहिरिएको बताए।

बाहिरको ढोका बन्द
राष्ट्रिय सभा निर्वाचनमा प्रतिपक्षी दलहरू नेकपा एमाले र राप्रपासँगको सहकार्य गर्ने प्रस्तावबारे भने च्याप्टर क्लोज भएको नेताहरुले बताएका छन्। शनिबार दिउँसो बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनसँग सहकार्यका लागि छलफल गर्ने निर्णय गरेको थियो। सो छलफलको जिम्मा उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको पनि थियो। तर सो सम्भावना सकिएको कांग्रेस सचेतक लेखकले जानकारी दिए। गठबन्धनसँग ६ सिट माग गरेको एमालेसँग पनि सहकार्य नहुने लेखकले बताए। योसँगै एमालेसँग पनि गठबन्धनको सहकार्य नहुने देखिएको छ। यसअघि भने सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सहकार्य गरेर अघि बढ्ने प्रस्ताव अघि सारेका थिए। तर, सो प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असहमति जनाएका थिए। एमालेसँगको ‘च्याप्टर क्लोज’ भएपछि गठबन्धनका दलहरूले आ–आफ्नो दाबी अघि सारेका हुन्। उक्त दाबीमाथि शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ५ घण्टा बढी छलफल भएको थियो। राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि पुस २३ गते उम्मेदवारी मनोनयको कार्यतालिका छ। एमालेले रिक्त १९ वटा पदमा उम्मेदवार खडा गर्ने निर्णय सचिवालय बैठकबाट गरिसकेको छ।

दाबीबाट कोही हटेन पछि
नेताहरूका अनुसार नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, एकीकृत समाजवादीले अध्यक्षसहित ५ र जनता समाजवादीले ४ सिट दाबी गरेका छन्। कांग्रेस प्रमुख सचेतक लेखकका अनुसार यो संख्यामा केही कम्प्रमाइज हुनेछ। तर आआफ्नो अडानमा नेताहरू टसमस हुन नसक्दा शनिबार सहमति जुट्न नसकेको हो।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल